9 years ago
February 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जगजित श्रेष्ठले अस्ट्रेलियाको सनसाइन जर्ज क्रस एफसीबाट बुधबार ‘डेब्यू गरेका छन् । ’ भिक्टोरिया प्रिमियर लिगमा सनसाइनले मोरल्यान्ड जेब्राजसँगको पहिलो खेलमा २–२ को बराबरी खेलेको छ ।

पहिलो हाफमा २–० ले पछि परेको खेल उल्टाउँदै सनसाइन जर्जले खेललाई बराबरी गरेको थियो । सनसाइनले दुवै गोल दोस्रो हाफमा गरेको थियो । जगजित दोस्रो हाफमा मैदान प्रवेश गर्दै ‘डेब्यू’ थिए । अवे खेल निकै कठिन रहेको जगजितले हाम्रो खेलकुदलाई बताए । उनले भने ‘गर्मी पनि थियो । खेल्न अलि गाह्रो भयो । टोलीका प्रशिक्षकले पनि मेरो प्रदर्शन ठिकै भएको बताए । अझै मेहनत गर्नुछ ।’
एक बर्षमा जगजितले दोस्रो अस्ट्रेलियन क्लबमा आबद्ध भएका छन् । उनी केही दिन अघि सनसाइनमा आबद्ध भएका थिए ।
यसै बर्षको सुरुआत तिर अस्ट्रेलिया पुगेका जगजितले साउनमा भिक्टोरिया स्टेटको बी डिभिजन टोली ह्युम युनाइटेड एफसीबाट तीन महिना खेलेका थिए । त्यति बेला उनले १ हजार ५ सय अमेरिकी डलर मासिक पारिश्रमिक लिन्थे । गैर अस्ट्रेलियन २ खेलाडी राख्न पाउने प्रावधान अनुसार जर्जले उनलाई क्लबमा समेटेको हो । भिक्टोरियाको प्रिमियर लिगमा २० क्लब छन् ।
नेपालले गत बर्ष दुई महत्वपूर्ण उपलब्धी हासिल गर्दा जगगित पनि टोलीका सदस्य थिए । फागुनमा भारतमा १२ औं दक्षिण एसियाली खेलकुदमा यू २३ ले स्वर्ण पदक जित्नुअघि राष्ट्रिय टोलीले माघमा बंगलादेशमा बंगबन्धु गोल्डकप जित्दा जगजित टोलीमा थिए । दुई महिना अघि नेपालले एएफसी सोलिडारिटी कप जित्दा भने उनी टोलीमा थिएनन् ।

December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]