9 years ago
February 4, 2017
सिमरा (हाम्रो खेलकुद)– गत साता आहा रारा गोल्डकपको फाइनल खेलेको सहारा क्लब पोखरालाई १–० ले हराउँदै वीरगन्ज युनाईटेड क्लब सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकपको क्वार्टरफाइनलमा पुगेको छ । सिमरा रंगशालामा शनिबार विकास राईको गोलमा वीरगन्जले जित हासिल गरेको थियो ।

सहाराको रंक्षापंक्ती सम्हालिन नपाउदै खेलको दुई मिनेटमा बिकासले गोल गरे । डिबक्सभित्रबाट बिकासले प्रहार गरेको सहाराका कप्तान सुसन गुरुङको खुट्टामा लागेर गोल भएको थियो । बिकासको प्रहार रोक्न सुसन असफल देखिए । खेलको सुरुवातमै गोल खाएपछि दबावमा देखिएको सहारामा तालमेलको अभाव देखिन्थयो ।
एकेडेमीका तीन खेलाडीसहित मैदानमा उत्रिएको सहाराले वीरगन्जविरुद्ध पहिलो हाफमा केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन । सहाराको फिनिसिङमा तालमेलको अभाव खड्कियो । खेलमा अग्रता लिएपछि पहिलो हाफमा वीरगंज हावी भयो । सुरुवातदेखी आक्रामक खेल खेलेको वीरगन्जले खेलको ३३ औं मिनेटमा कप्तान अमर डंगोलको पासलाई बिकास राईले फितलो प्रहार गरे । डिबक्सभित्रको बलमा उनको प्रहार पोष्ट नजिकैबाट बाहिरियो ।
पहिलो हाफको अन्तिम समयमा पाएको तीन वटा उत्कृष्ट अवसर वीरगन्जले चुकायो । खेलको दोस्रो हाफमा सहाराले सुधारिएर प्रदर्शन गरेपनि स्कोर गर्न नसक्दा पराजय भोग्न पुग्यो । दोस्रो हाफमा सहाराले वीरगन्जलाई दवावमा राख्दै बनाएको थुप्रै अवसर चुकाउन पुग्दा हार आत्मसाथ गर्न बाध्य भयो ।
सहाराका सहायक प्रशिक्षक दिपेश योञ्जनले खेलाडीबिच तालमेल नमिल्दा पराजय भोग्न पुगेको बताए । दोस्रो हाफमा केही सुधारिएर प्रदर्शन गरेपनि गोल गर्ने अवसर चुकाउदा पराजय भोगेको योञ्जनले बताए । वीरगन्जका प्रशिक्षक सुलभजंग राणाले जितबाट सन्तुष्ट हुन नसकेको बताए । सहाराविरुद्ध पहिलो हाफ राम्रो खेलेपनि दोस्रो हाफमा खेलाडीले तालमेल बनाउन नसकेको उनको भनाई थियो । खेलको म्यान अफ दि म्याच वीरगन्ज रजिन सुब्बा घोषित भए । उनले पाच हजार नगद प्राप्त गरे ।

रुस्लान सिमरा गोल्डकपमा आइतबारको खेल
प्राइम पोलिक्लिनिक बिजय युथ क्लबविरुद्ध र सरस्वती युथ क्लब
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]