9 years ago
February 9, 2017
सिमरा (हाम्रो खेलकुद)– गत महिना टुबोर्ग हेटौडा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि उचालेको आर्मीले रुस्लान आठौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पाको सामना गर्दैछ । अब केही समयमा सुरु हुने खेलको विजेताले शनिबार सिएमजी क्लब संकटासँग फाइनल खेल्नेछ ।

सोझै क्वार्टरफाइनलमा प्रवेश पाएको आर्मीले वीरगन्ज युथ युनाइटेडलाई ३–० ले र हिमालयन शेर्पाले रुपन्देहीलाई १–० ले हराएर एकअर्कासँगको भेट पक्का गरेको थियो । सेमिफाइनलमा आर्मीसँग गोलकिपर विकेश कुथुको साथ रहने छैन । अघिल्लो खेलमा उनको टाउकोमा चोट लागेपछि उनी आराम गरिरहेका छन् ।
आर्मी बर्षको छैटौं फाइनल प्रवेशका लागि प्रयासरत रहँदा झन्डै तीन बर्षपछि सक्रिय फुटबलमा फर्केको हिमालयन शेर्पा लयमा फर्कने प्रयासमा हुनेछ । यसअघिका ५ फाइनल खेलेको आर्मीले ३ मा उपाधि जितेको थियो भने दुईमा उपविजेतामा चित्त बुझाएको थियो । गत महिना हेटौडामा च्याम्पियन बनेपछि भने आर्मी फाइनल पुग्न सकेको छैन ।
हेटौडापछि सुदूरपश्चिमाञ्चल गोल्डकपको पहिलो खेलमै पराजित आर्मी त्यसपछि आहा रारा गोल्डकप र गत साता रमपम झापा गोल्डकपको सेमिफाइनल भन्दा अघि बढ्न सकेन । बिहीबारको खेल जित्नेले कम्तीमा २ लाख ५१ हजार रुपैयाँ पुरस्कार पक्का गर्नेछ । रुस्लान आठौं गोल्ड कपको विजेताले उपाधिसहित ५ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]