9 years ago
February 10, 2017
दिपेन्द्र पोखरेल
काठमाडौँ – कर्ण लिम्बु नेपालको घरेलु फुटबलमा नयाँ नाम हैन। २०६३ सालमा न्यु रोड टिम बाट ‘ए’ डिभिजन लिगमा प्रवेश गरेका कर्णले २०७३ सम्म आइपुग्दा घरेलु फुटबलमा फरवार्डले जित्ने व्यक्तिगत उपाधि नजितेको ठाउँ भेट्न गाह्रै पर्ला। तर घरेलु फुटबलमा बेग्लै छाप जमाएका कर्ण राष्ट्रिय टोलीबाट भने बिरलै परेका छन्।

लिग होस् य नकआउट प्रतियोगिता कर्णले गोल नहानेको प्रतियोगिता बिरलै सुनिन्छ। तर, तिनै कर्ण विगत दश वर्षमा जम्मा एक पटक राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै मैदान उत्रेका छन्, र त्यो पनि वैकल्पिक खेलाडीका रुपमा। उनको एक मात्र खेल सन् २०१२मा यमन विरुद्ध खेलिएको मैत्रीपूर्ण खेल थियो। २-०को हार व्येहोरेको खेलमा कर्णले अनिल गुरुङलाई ७५औं मिनेटमा विस्थापित गरेका थिए।
गत वर्ष भारतको त्रिबेन्द्रममा भएको साफ च्याम्पियनसिपमा अन्तिम २०मा पर्न असफल रहेका कर्ण त्यसयता घरेलु फुटबलमै व्यस्त रहे। साफको बेलामा प्रशिक्षक रहेका बेल्जियन प्रशिक्षक प्याट्रिक अजेम्सले पद् छाडेसंगै आएका ग्योतोकु कोजीले उही पुरानो टोलीमा यु-२३का केहि खेलाडी सामेल गरेर नेपाललाई सोलिडारिटी कपको जित दिलाए। उनले आफुले आफैं घरेलु प्रतियोगिता हेर्न नपाएको कारण नयाँ खेलाडी बोलाउन नसकेको अभिव्यक्ति पनि दिएका थिए।
तर, सोलिडारिटी पछि केहि घरेलु प्रतियोगिता आफैं हेर्न पुगेका कोजीले कर्णको खेलबाट प्रभावित भएर पुन: टोलीमा बोलाएका छन्। कर्णले आफुले खेलेको पछिल्लो एक महिनामै तिन प्रतियोगितामा उच्च गोलकर्ताको उपाधि जितेका छन्। काक्करभित्तामा भएको मेची नेत्रालय काक्करभित्ता गोल्डकप, पोखरामा भएको १५औं आहा गोल्डकप र झापामा भएको दोश्रो झापा गोल्डकप गरि तिन प्रतियोगितामा कर्णले उच्च गोलकर्ताको उपाधि जिते। प्रशिक्षक कोजी पछिल्लो दुई प्रतियोगिता हेर्न आफैं मैदान पुगेका थिए।

कर्णसंगै कोजीले एपीएफका युवराज खड्कालाइ पनि ३६ सदस्यीय प्रारम्भिक टोलीमा समावेश गरेका छन्। यसबाहेक अनिल गुरुङ, नवयुग श्रेष्ठ, भारत खवास, रन्जन बिष्ट र बिमल घर्ति मगर पहिलानै टोलीमा रहीआएका खेलाडी हुन्। तर अन्तराष्ट्रिय स्तरमा केहि समययता खस्केको प्रदर्शन गर्दै आएका अनिल गुरुङले पनि घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेका छन्। सोलिडारिटी कपमा महत्वपूर्ण भूमिका खेलेका भरत खवास र नवयुग श्रेष्ठ भने क्लब स्तरमा खासै जम्न सकेका छैनन्। रन्जन बिष्टको प्रदर्शन पनि आशातित हुन सकेको छैन र चोटले उनि हाल विश्राममा छन्। बिमल भने हाल प्रशिक्षणका लागि विदेशमा रहेका छन्।
उमेरले ३२औं वसन्त पार गरिसकेका कर्णलाई यो मौका अन्तिम हुन सक्छ। प्रशिक्षकको अगाडी राम्रो प्रदर्शन र अन्य फरवार्ड लयमा नदेखिएको अवसर पारेर प्रशिक्षणमा मेहेनत गर्ने हो भने कर्णले आफु योग्य सावित गरिसकेको राष्ट्रिय टिमको फरवार्डको भूमिका ढिलै भएपनि निभाउन पाउनेछन्। चैत्र १५ गते फिलिपिन्स विरुद्ध हुने एएफसी एसियन कपको छनोट चरण अन्तर्गत हुने पहिलो खेल उनको लागि अन्तराष्ट्रिय फुटबलको कोशेढुंगा सावित हुने निश्चित छ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]