default_image

10 years ago

September 27, 2015

पुलिसलाई हराउँदै झापा शीर्षस्थानमा

169 views

0 Bookmark

काठमाडौं, असोज १० गते ।

आज झापाको सुरुङा खेल मैदानमा भएको राष्ट्रिय लीगको खेलमा कर्ण लिम्बुको दुई गोलको मदतले झापा ११ ले नेपाल पुलिस क्लबलाई २-० ले हराएको छ।

karna limbu

यस अगिको खेल मा पनि आर्मी बिरुद्ध दुबै गोल गरेका  कर्ण लिम्बुले खेलको ४१औं मिनेटमा गोल गर्दै झापालाई अग्रता दिलाएका थिए। यसअघि खेलमा झापाले प्राप्त गरेको पेनाल्टिलाई रितेश थापाले बचाएका थिए। पेनाल्टिमा चुकेका कर्णले ८२औं मिनेटमा दोश्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

जितसंगै झापा २४ अंक लिएर अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। १३ खेल खेलिसकेको झापाले अब बाँकि तिनै खेल काठमाडौंमा खेल्नेछ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.