9 years ago
February 11, 2017
गाईघाट (हाम्रो खेलकुद) – विभागिय टोली एपिएफलाई टाइ ब्रेकरमा ३-१ ले हराउदै मोरङ चौथो उदयपुर गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
पूर्वाञ्चलमा गत महिना सम्पन्न सातौं राष्ट्रिय खेलकुदको फुटबलमा स्वर्ण पदक जितेयता एपिएफले कमजोर प्रदर्शन जारी राखेको हो ।निर्धारित ९० मिनेटको खेलमा दुबै तर्फबाट कुनै गोल हुन नसक्दा खेलको निर्णय टाइ ब्रेकरबाट भएको थियो । मोरङले सेमिफाइनलमा संकटाको सामना गर्नेछ ।
रमपम उदयपुर गोल्डकप फुटबलमा आइतबारको खेल
झापा ११ विरुद्ध रुपन्देही ११
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]