default_image

9 years ago

February 12, 2017

न्यु खाडीचौरलाई सिन्धु युवा कप फुटबल उपाधि

141 views

0 Bookmark

लामोसाँघु /सिन्धुपाल्चोक (हाम्रो खेलकुद) – न्यु खाडीचौर युवा क्लबले सिन्धु युवा कप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । बसन्तपुर मैदानमा भएको फाइनलमा खाडीचौरले न्यु जनेरेसन युवा क्लब राम्चेलाई १–० ले हराउँदै उपाधि जितेको थियो ।

yuba-cup

योगराज तामाङको गोल खाडीचौरलाई उपाधि दिलाउन पर्याप्त रह्यो । योगराजले ५८ औं मिनेटमा गोल गरेका थिए । उपाधिसहित खाडीचौरले ७० हजार रुपैयाँ र न्यु जेनेरेसनले ५० हजार रुपैयाँ प्राप्त गर्यो । न्यु जनेरेसनका कृष्ण भण्डारी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए ।

बाह्रबिसे फुटबल क्लब खेलको उत्कृष्ट छोली र नमुना युवा क्लब लामोसाघु अनुशासित टोली घोषित भयो । युवा संघ सिन्धुपाल्चोकद्धारा आयोजित प्रतियोगिता विजेता , उपविजेता टोलीलाई युवा संघका केन्द्रिय सचिव नरेश शाही र अखिल नेपाल फुटबल संघका एन्फा उपाध्यक्ष बिरबहादुर खड्का लगायतले पुरस्कृत गरे ।

yuba-2

yuba-1

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.