9 years ago
February 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका युवा स्ट्राइकर अन्जन विष्ट स्पेनको बार्सिलोनामा सम्मानित भएका छन् । स्पेनको मार्बेला युनाइटेड एफसीमा प्रशिक्षण लिइरहेका उनलाई नेपाली समुदायको जनप्रगतिशिल मञ्च, स्पेनले आइतबार सम्मान गरेको हो । फुटबलमार्फत देशलाई अन्र्राष्ट्रिय क्षेत्रमा चिनाउन योगदान गरेको भन्दै अन्जनलाई मञ्चले सम्मान गरेको थियो ।

‘ विश्वको जुन सुकै ठाँउमा पुग्दा पनि नेपालीबाट माया र सम्मान पाउँछौं’, अन्जनले हाम्रो खेलकुदसँग भने, ‘यस्तो आत्मियता पाउँदा खुसी लाग्छ र अझै देशका लागि राम्रो गर्दै जानुपर्छ भन्ने हौसला मिल्छ ।’ झन्डै १ घन्टा २० मिनेटको हवाई यात्रा गर्दै उनी बार्सिलोना सम्मान ग्रहण गर्न गएको अन्जनले जानकारी दिए । प्रशिक्षण र मिले सम्म ट्रायल दिनका लागि स्पेन पुगेका अन्जनले माघको पहिलो साताबाट अभ्यास थालेका थिए । उनी तीन महिनाका लागि त्यहाँ पुगेका हुन् । ‘प्रशिक्षण राम्रो भइरहेको छ’ उनले भने, ‘कहिले सम्म अभ्यास वा ट्रायल केही भनिएको छैन । म नियमित प्रशिक्षण गरिरहेको छु । ’

पुस १५ गते सातौं राष्ट्रिय खेलकुदको फुटबलमा एपिएफलाई स्वर्ण पदक दिलाउन महत्वपूर्ण भूमिका खेलेपछि उनी स्पेन लागेका थिए । स्पेन जानुअघि उनलाई एपिएफले उनीसहित ६ खेलाडीलाई मस्ट भ्यालुएवल प्लेयरबाट सम्मानित गरेको थियो । ६ मध्ये अन्जनका दाई एपिएफकै स्ट्राइकर रञ्जन पनि थिए । सातौं राष्ट्रिय खेलकुद फुटबलको फाइनलमा अन्जनकै २ गोलमा आर्मीलाई २–० ले हराउँदै एपिएफ च्याम्पियन बनेको थियो । स्पेनको मार्बेला त्यहि क्लब हो जसमा अन्जन र राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङले गत बर्ष केही साता अभ्यास गर्नुका साथै केही मैत्रीपूर्ण खेल खेलेका थिए ।
मार्बेला युनाइटेड युएस सकर एकेडेमीको शाखाको रुपमा स्पेनको मालागामा स्थापित क्लब हो । सुरुमा युएस सकरकै नाममा स्थापना गरिए पनि २०१४ मा मार्बेला युनाइटेड एफसी नाम राखिएको क्लबको बेभसाइटमा उल्लेख छ । नेपालले पछिल्लो डेढ बर्षमा साफ यू १९, बंगबन्धु गोल्डकप, १२ औं दक्षिण एसियाली खेलकुदमा यू २३ मा स्वर्ण र कात्तिक अन्तिममा एएफसी सोलिडारिटी कपगरि फुटबलमा चारवटा उपाधि जितेको थियो । ती सबै टोलीमा अन्जन थिए । सोलिडारिटी कप च्याम्पियन नेपाली टोलीलाई सरकारले सोमबार काठमाडौंमा जनही ३ लाख रुपैयाँबाट सम्मानित गर्दैछ ।

December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]