9 years ago
February 17, 2017
धरान (हाम्रो खेलकुद) – आयोजक धरान पहेलोलाई नाटकिय रुपमा हराउदै नेपाल पुलिस क्लव धरानमा जारी १९औं अन्र्तराष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताको क्वाटर फाइनल प्रबेश गरेको छ ।

शुक्रवार धरान १७ स्थित एन्फा टेक्निकल सेण्टरको खेल मैदानमा भएको खेलमा पुलिसले आयोजक ‘पहेलो’ लाई सडेन डेथमा १०–९ले हराएको हो । निर्धारित समयको खेलमा १–१ गोलको बराबरी भएपछी खेलको निर्णय टाइ ब्रेकरबाट भएको थियो । यो जित संगै पुलिसले क्वाटर फाईनलका लागि युनाईटेड सिक्किम फुटवल क्लवसंग भेट पक्का गरेको छ ।
पुलिस विरुद्ध खेलको सुरुवातदेखि नै आक्रमक रुपमा प्रस्तुत भएको धरानले खेलको १६ औं मिनेटमा फ्रिकिक मार्फत योगेश राईले गोल गरेका थिए । पुलिसका मानबहादुर परियारले धरानका तिर्थ बस्नेतलाई फल गरेपछी धरानले फ्रिकिक हान्ने अबसर पाएको थियो ।
पहिलो हाफमा १–० गोलले पछी परेको पुलिस दोस्रो हाफमा भने खेलमा फर्किएको थियो । खेलको इन्जुरी समयको ४० सकेण्ड बाकि रहदा पुलिसका विक्रम धिमालले धरान विरुद्ध गाल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्याएका थिए ।
ट्राईबेकरमा समेत दुबै टोलीले ५–५ गोल गरेपछी टाइ ब्रेकर सडेन डेथमा धकेलिएको थियो । सडन डेथमा ५–४ गोलको नजिता निकालेको पुलिसले सेफिफाइनलमा स्थान पक्का गरेको हो ।
ट्रईबेकरमा पुलिसका अजित भण्डारी, तेज तामाङ, बुद्ध लामा, जुमानु राई, अभिशेक रिजाल, निरकुमार राई, भोला सिलवाल, हेम तामाङ, मान बहादुर परियार र विक्रम धिमालले पेनाल्टी सुटबाट गोल गरेका थिए ।
धरानका दोर्जे तामाङ, विनोद राई, रिवस मास्के, जोशन राई, योगेश राई, मनोज राई, रोमन लिम्बु, तिर्थ बस्नेत, हेम लिम्बुले मात्र गोल गरे भने विभेक राईको पेनाल्टी सुट पुलिसका गोल रक्षक रोशन खड्काले नियन्त्रणमा लिएका थिए ।
प्रतियोगिताको ‘म्यान अफदि म्याच’ धरान फुटवल क्लवका हेम लिम्बु घोषित भए । उनले नगद ५ हजार पुरस्कार प्राप्त गरेका छन् ।
धरानका प्रशिक्षक सुवास केसीले प्राप्त उपलब्धी सदुपयोग गर्न नस्क्नु र खेलको अन्तिम समयमा समालिन नसक्दा पराजित हुनु परेको बताए । पुलिसका प्रशिक्षक कुमार कट्वालले खेलाडिले राम्रोसंग खेल प्रस्तुत गर्न नसक्दा धरान विरुद्ध कठिन जित हासिल गरेको बताए ।
भोलीको खेल काकडभिट्टा टेर्निङ सेण्टर झापा र उदयपुर गोल्डकप विजेता रुपन्देही ११ विच हुने भएको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]