9 years ago
February 20, 2017
धरान (हाम्रो खेलकुद) — सातौं राष्ट्रिय खेलकुदको स्वर्ण पदक विजेता नेपाल एपिएफ क्लब र सिएमजी क्लब संकटाबीच सोमबार १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल हुँदैछ ।
धरानमै पुसमा राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेयता कुनै पनि प्रतियोगिताको फाइनल पुग्न नसकेको एपिएफले धरानमा सोझै क्वार्टरफाइनलमा मौका पाएको थियो । उता संकटाले भने गत महिना रुस्लान सिमरा गोल्डकपको उपाधि जितेको थियो । यद्दपी टोली उदयपुर गोल्डकपमा भने सेमिफाइनल भन्दा अघि बढ्न सकेन । बुढा सुब्बामा पहिलो खेल जित्दै संकटा अन्तिम आठमा पुगेको थियो । यी दुई ए डिभिजन टोलीबीचको खेल धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा दिउँसो हुनेछ ।
प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा आइतबार कास्की ११ लाई ३–० ले हराउँदै आयोजक धरान फुटबल क्लब निलो सेमिफाइनलमा पुगेको थियो । उदयपुर गोल्डकप च्याम्पियन रुपन्देही ११ पनि यसअघि नै सेमिफाइनल पुगिसकेको छ ।
प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । झन्डै ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पाउने क्लबले जनाएको छ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षक तथा हरेक खेलको म्यान अफ दी म्याचले ५ हजार रुपैयाँ पाउनेछन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]