9 years ago
February 23, 2017
चितगोङ (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबसँग बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७ को समूह चरणको सेमिफाइनल पुग्न शुक्रबार आयोजक चितगोङ अवहनी लिमिटेडसँग धेरै विकल्प छैन।

चितगोङस्थित मोहम्मद अजिज रंगशालामा शुक्रबार हुने समूह चरणको अन्तिम खेलमा मनाङले अन्तिम चार पुग्न मनाङलाई जित्दै पर्ने दबाब छ। अघिल्लो चरणमा पुग्न चितगोङ अवहनीलाई भने बराबरी पर्याप्त हुन्छ । त्यसले मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले चितगोङ अवहनीसँगको खेल ‘गर या मर’ अवस्थामा रहेको बताउँछन्।
‘सेमिफाइनल पुग्न हामीले जित्नै पर्ने हुन्छ , हामी त्यसरीनै खेल्नेछौं,’ प्रशिक्षक लोप्साङले भने, ‘अरुको नतिजामा निर्भर भएर होइन आफै जितेर हामी अघि बढ्न चाहन्छौं।’अफगानिस्तानको शाहिन अस्मायी लाई ३–१ को नतिजा सुम्पेपछि मनाङको सेमिफाइनल यात्रा कठिन बनेको थियो।
यस्तै कप्तान अनिल गुरुङले चितगोङविरुद्धको खेल फाइनल जस्तै खेल भएको बताए । ‘हामीलाई सेमिफाइनल प्रवेशका लागि निश्चित जितको खाँचो छ। बराबरीले हामी अर्को चरणमा प्रवेश गर्न सक्दैनौ। त्यसैले यो फाइनल खेल नै हो,’ अनिलले भने, ‘उनीहरुलाई घरेलु मैदानको फाइदा छ। उनीहरुलाई बराबरी नै पर्याप्त छ। तर, हामीलाई तीन अंक महत्वपूर्ण छ, हाम्रो प्रयास त्यसकै लागि हुनेछ। ’
पहिलो खेलमा मनाङले मोहमोदेनलाई २–० ले पराजित गर्दा दोस्रो खेलमा मनाङले अफगानिस्तानको शाहिन अस्मायीलाई ३–१ को नतिजा सुम्पेको थियो। समूह ‘बी’ मा रहेको मनाङ ३ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ। आयोजक चितगोङ अवहनी लिमिटेड भने ४ अंकसहित शीर्ष स्थानमा रहँदा मनाङलाई गोलअन्तरमा पछि पार्दै शाहिम अस्मायी दोस्रो तथा मोहमोदेन १ अंकसहित पुछारमा छ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]