9 years ago
February 24, 2017
चितगोङ (हाम्रो खेलकुद) – बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनल पुग्न आयोजक चितोगोङ अबहानीविरुद्ध जित्नै पर्ने बाध्यता साथ उत्रेको लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले पहिलो हाफको समाप्तीसम्म २–१ को अग्रता लिएको छ ।

अहिलेको अग्रता जोगाउन सकेपछि मनाङ समूहको अर्को अन्तिम खेलअघि नै सेमिफाइनल पुग्नेछ । मनाङका लागि दुवै गोल ओलाडिपो ओलावाले आफिजले गरेका थिए । खेलको दोस्रो मिनेटमै उनले पहिलो गोल गर्दै मनाङलाई मजबुद अवस्थामा पुर्याएका थिए । विराज महर्जनको क्रस कप्तान अनिल गुरुङले हेडमार्फत पास दिएपछि आफिजले खाली पोस्टमा गोल गरे ।
२३ औं मिनेटमा उनले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै गोलअन्तर दोब्बर पारेका थिए । अबाहनीका लागि नसरुद्दिन चौधरीले ३२ औं मिनेटमा गोल फर्काएका थिए । आफिजले पहिलो हाफको अन्त्यतिर ह्याट्रिकको अवसर गुमाएका थिए । अघिल्ला दुई खेलमा मनाङले पहिलोमा जित र दोस्रोमा हार बेहोरेको थियो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]