9 years ago
March 11, 2017
नेपालगञ्ज (हाम्रो खेलकुद)– यो बर्ष तीन वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितिसकेको सिएमजी क्लब संकटाले टुबार्ग दोस्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगितामा शनिबार विभागिय टोली नेपाल एपिएफ क्लबको सामना गर्दैछ ।

सिएमजी क्लब संकटा । फाइनल फोटो
पुसमा पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेको एपिएफले त्यसयता सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । सातौंपछि सातवटा नकआउट प्रतियोगितामा पहिलो खेलबाट बाहिरिएको एपिएफको हारको श्रृखंला १९ औं तिलोत्तमा गोल्डकपमा पुगेर टुंगिएको थियो । यद्दपी त्यहाँ पहिलो खेल जितेपनि फागुन १६ गते अर्को खेलमा संकटासँग नै पराजित भएको थियो । त्यसयता पुनः दुई टोलीबीच आज प्रतिस्पर्धा हुँदैछ ।
उता संकटा भने बर्षको सर्वाधिक सफल टोलीमध्ये एक हो । पाँचवटा फाइनल खेल्ने क्रममा टोलीले तीन वटा उपाधि जितेको थियो । चितवनमा विकास रनिङ शिल्ड जितेको संकटाले त्यसपछि रुस्लान सिमरा गोल्डकप र फागुन २१ गते तिलोत्तमा गोल्डकपको उपाधि जितेको थियो । संकटाले सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप र १९ औं बुढासुब्बा रेडबुल गोल्डकपको पनि फाइनल खेलेको थियो ।
अघिल्लो दुई दिन सुदूरपश्चिमाञ्चल ११ र नेपाल पुलिस क्लब विजयी हुँदै नेपालगञ्ज गोल्डकपको सेमिफाइनल पुगिसकेको छन् ।
चैत ४ गते हुने फाइनलको विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभर खेलाडी, रेफ्री, अफिसियलको दुर्घटना विमा एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडले गरेको छ ।
प्रतियोगितामा एन्फा, युवा तथाा खेलकुद मन्त्रालय, मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति, बाँके जिल्ला खेलकुद विकास समितिको सहकार्य रहेको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]