9 years ago
March 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली मिडफिल्डर जगगित श्रेष्ठको अस्ट्रेलियन क्लब सनसाइन जज क्रस फुटबल क्लब भिक्टोरिया नेसनल प्रिमियर लिगमा पुनः विजय लयमा फर्केको छ । लिगको दोस्रो स्थानमा रहेको स्प्रिङभेल डब्लूइलाई शनिबार सनसाइले ३–१ ले हराएको थियो ।

टोलीको जितमा जगजितले एउटा गोल गरे भने अर्को गोलका लागि पास मिलाइदिएका थिए । जगजितले पाँचौं मिनेटमा टोलीका लागि पहिलो गोल गरेका थिए । टोलीले ६४ औं मिनेटमा अर्को गोल गर्यो । खेल सकिन ९ मिनेटअघि तेस्रो गोलमा उनले पास मिलाइदिएका थिए ।
सिजनको छैटौं खेलमा सनसाइनको त्यो तेस्रो जित हो । सुरुआती दुई खेलमा बराबरीमा रोकिएको सनसाइनले त्यसपछि लगातार दुई खेल जितेको थियो । गत साता भने टोली डान्डेनोङ सिटीसँग १–० ले पराजित भएको थियो ।
टोलीले जितेका तीनै खेलमा जगजित गोल गर्न सफल भएका छन् । शनिबारको जितपछि उनको टोलीको अंक ११ पुगेको छ । गत सिजन अर्को क्लबमा आबद्ध जगजित यहि सिजन सनसाइनमा आवद्ध भएका थिए ।

December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]