9 years ago
March 13, 2017
सौरभ गिरी
नेपालगञ्ज– टाइब्रकेरमा विजयी हुँदै सिएमजी क्लब संकटा टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकपको फाइनल पुगेको छ । साविक विजेता सुदूरपश्चिमाञ्चललाई पेनाल्टी सुट आउटमा ५–४ ले हराउँदै संकटा फाइनल पुगेको हो । जारी सिजनमा संकटा फाइनल पुगेको यो छैटौं नकआउट फुटबल प्रतियोगिता हो । यसअघिका ५ वटा फाइनल खेल्दा संकटाले तीन वटा उपाधि जितेको थियो ।

नेपालगञ्ज रंगशालामा इन्जुरी समयको चौथो मिनेटमा अनिल गुरुङले पेनाल्टीमा गोल फर्काएपछि संकटा खेलमा फर्केको थियो । आरोनले पेनाल्टी बक्समा बल ह्यान्ड गरेपछि संकटाले पेनाल्टी पाएको थियो । निर्धारित खेल १–१ को बराबरीमा टुंगिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा गलिएको थियो ।
खेलको १७ औं मिनेटमा अब्दुलको गोलबाट अग्रता लिएको सुदूरपश्चिमाञ्चलले अन्तिम मिनेटमा गुमाएको थियो । सुदूर पश्चिमका लागि अफ्रिकी खेलाडी अब्दुल ,नरेन्द्र चौधरी र बिजय सिंहले मात्र गोल गरे । चेतन थारु ले प्रहार संकटाका गोलकिपरले रोके । अन्तिम मिनेटमा सुदूरपश्चिमाञ्चल १० खेलाडीमा सिमित भएको थियो । आरोनले रातो कार्ड खादै मैदान छोडेपछि सुदूरपश्चिमाञ्चलमा एक खेलाडी कम भएका थिए । संकटाले चैत ४ गते अग्नी रुपन्देही ११ र नेपाल पुलिस क्लबबीचको विजेतासँग फाइनल खेल्नेछ ।
संकटा यो बर्षको सर्वाधिक सफल टोलीमध्ये एक हो । चितवनमा विकास रनिङ शिल्ड जितेको संकटाले त्यसपछि रुस्लान सिमरा गोल्डकप र फागुन २१ गते तिलोत्तमा गोल्डकपको उपाधि जितेको थियो । संकटाले सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप र १९ औं बुढासुब्बा रेडबुल गोल्डकपको पनि फाइनल खेलेको थियो ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिता फाइनल चैत ४ गते हुनेछ । विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
टुबोर्ग नेपालगञ्ज गोल्ड कपमा मंगलबारको सेमिफाइनल
अग्नी रुपन्देहीविरुद्ध नेपाल पुलिस
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]