default_image

9 years ago

March 16, 2017

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्न असफल

195 views

0 Bookmark

मोनाको (एजेन्सी)– पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्न असफल भएको छ । अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च क्लब मोनाकोसँग ३–१ ले पराजित भएपछि अवे गोलका आधारमा इङ्लिस क्बल प्रतियोगिताबाट बाहिरिएको हो । यो सिजनमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा इङ्लिस क्लबमध्ये लेस्टरमात्र बाँकी रहेको छ ।

city
पहिलो लेगमा ५–३ को जित हासिल गरेको सिटीले मोनाकोको मैदानमा भएको दोस्रो लेगमा ३–१ ले पराजित भएपनि समग्रमा ६–६ को अवस्था बनेको थियो । बराबरीमा अवे गोल मोनाकोका लागि फाइदा जना रह्यो । मोनाकोको घरलु मैदानमा जित दिलाउन केलियन एमबाप्पे लोटिन, फावियानो र टिमोयु बाकायोकोले गोल गरे । सिटीका लािग लागि लिरोय सानेले गोल गरे ।

खेलको आठौ मिनेटमा लोटिनले गोल गरे भने फावियानोले २९ औं मिनेटमा गोल गरेपछि घरेलु टोलीले पहिलो हाफमै २–० को अग्रता बनायो । ७१ औं मिनेटमा सानेले गोल गर्दै सिटीलाई खेलमा फर्काउने संकेत गरेका थिए । तर ७७ औं मिनेटमा बाबायोकोले गोल गरेपछि मोनाको विजयी भयो ।

बार्सिलोनाका लागि दुई पटक च्याम्प्यिन्स लिग उपाधि दिलाएका ग्वार्डिओलाले प्रशिक्षण गरेयता पहिलो पटक टोलीलाई क्वार्टरफाइनल पुर्याउन असफल रहे । पहिलो लेगमा ५ गोल गरेर पनि प्रतियोगिताबाट बाहिरिने सिटी पहिलो क्लब बनेको छ ।

गए राताको अर्को खेलमा बायर लेभरकुसनसँग गोलरहित बराबरी खेलेपछि पहिलो लेगको ४–२ ले जितेको एट्लेटिको मड्रिड क्वार्टरफाइनल पुगेको छ । योसँगै क्वार्टरफाइनल समिकरण पुरा भएको छ । बार्सिलोना, रियल मड्रिड, बायर्न म्युनिख, बरुसिया डर्टमन्ड, युभेन्ट्स र लेस्टर अन्तिम आठमा पुगिसकेका छन् । क्वार्टरफाइनल ड्र शुक्रबार हुनेछ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.