9 years ago
March 19, 2017
दिपक न्यौपाने
बुटवल – सैनामैना गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा आइतबार विश्वास श्रेष्ठ एक्लैले ५ गोल गरेको खेलमा सुनौलो संगम युवा क्लब, देविनगरले सिदार्थ युवा क्लब, बासगढीलाई ५–१ ले हराएको थियो । पहिलो संस्करणको सेमिफाइनल पुगेको सुनौलो संगमका लागि विश्वासले ३४,६१ र ६४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे ।

सुनौलो संगम युवा क्लब, देविनगर फुटबल टोली । तस्बिर – कृष्ण भण्डारी
त्यसपछि विश्वासले ७४ औं र ७९ औं मिनेटमा गोल गरे । सुनौलो संगमको अगाडी कमजोर देािएको बासगढीका लागि विक्रम श्रीसले ५५ औं मिनेटमा गोल फर्काएका थिए । विश्वास खेलको म्यान अफ दी म्याच घोषित भए ।
जनप्रिय स्पोर्टस क्लब देवापारको आयोजनामा रुपन्देहीको सैनामैना वडा नं ७ मा सञ्चालित प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको छ । सैनामैना नगरपालीकाको संरक्षणमा सन्चालन जारी प्रतियोगिताको विजेताले १ लाख १७ हजार तथा दोस्रो हुने टोलीले ५८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान १२ हजार रुपैयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिए ।
प्रतियोगिताको क्वार्टरफाइनल सोमबारबाट सुरु हुनेछ । पहिलो क्वार्टरफाइनलमा साविक विजेता गोर्खा ब्याइजले छिमेकी जिल्ला नवलपरासीको देशभक्त भैरव एफ.सीको सामान गर्नेछ । देशभक्तले आयोजक जनप्रिय स्पोर्टस क्लबलाइ ८ — १ हराउँदै अन्तिम आठको यात्रा तय गरेको थियोउ भने गोर्खा ब्वाइजले सिधै अन्तिम आठमा प्रवेश पाएको थियो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]