default_image

9 years ago

March 26, 2017

मनाङ राजर्षि जनक कपको फाइनलमा

105 views

0 Bookmark

सर्लाही (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब सर्लाहीको बागमतीमा जारी राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। हारभेस्ट हिमालयन शेर्पा क्लबलाई आइतबार २–० ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो।
17554951_1898066210412534_1498835096_n
मनाङ यसपटक सर्वाधिक उपाधि जित्ने तीन टोली मध्येको एक हो। मनाङसँगै त्रिभुवन आर्मी क्लब र सिएमजी क्लब संकटाले यो बर्ष समान तीन नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेका थिए। खेलको अन्त्यतिर दुई गोल गर्दै मनाङले फाइनल यात्रा तय गरेको हो । खेल सकिन ९ मिनेट बाँकी रहँदा विमल रानाले हेडमार्फत पहिलो गोल गरेका थिए। इन्जुरी समयको दोस्रो मिनेटमा ओलावाले आफिजले गोल गरेपछि मनाङको अघिल्लो चरणको यात्रा सहज भएको थियो।
माघको पहिलो साता सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप जितेको मनाङले त्यसपछि लगातार पोखरामा आहा रारा गोल्डकप र झापामा रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । बर्षको चौथो उपाधिका लागि टोलीले दुई विभागिय टोलीमध्ये एकको सामना गर्नेछ। त्रिभुवन आर्मी र नेपाल एपिएबीच सोमबार दोस्रो सेमिफाइनल खेल हुनेछ।
नेपाल एपिएफ क्लब सर्लाहीको बागमतीमा जारी राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ए डिभिजन प्रतिद्वन्द्वि जावलाखेल युथ क्लबलाई शनिबार २–० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो। टोलीलाई जित दिलाउन नवीन लामा र राजेन्द्र रावलले गोल गरेका थिए। एपिएफले सोमबारको सेमिफाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ। बागमति युवा क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ।
राजर्षि जनक कप फुटबलमा सोमबार दोस्रो सेमिफाइनल:
नेपाल एपिएफविरुद्ध त्रिभुवन आर्मी

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.