10 years ago
August 17, 2015
अखिल नेपाल फूटबल संघ एन्फा ले विमल घर्तीमगरको कप्तानीमा साफ यु १९ खेल्ने अन्तिम टोली घोषणा गरेकोछ ।
सोजित गुरुङ, रोमन रसाइली र देवराज लिम्बु गोलकिपरको रुपमा टोलिमा छनोट भएका छन् । डिफेन्डरहरुमा अनन्त तामाङ, अमित तामाङ, छिरिङ गुरुङ, आकाश थापा, दिनेश राजवंशी, सुदन थापा र गौरव बुढाथोकीले राष्टिय टिममा स्थान बनाएका छन् । त्यसैगरी हेमन्त थापा मगर, कमल श्रेष्ठ, दोन थापा, तेज तामाङ, किरन सुनार, विश्वास श्रेष्ठ र सुमन लामा मिडफिल्डमा रहनेछन् ।
यस्तै कप्तान विमल घर्तीमगरसहित सुनिल बल, अन्जन विष्ट, सुजित गुरुङ, शिव सुवेदी र जनोम मान लिगल स्ट्राइकरका रुपमा छनोट भएका छन् । बाल गोपाल महर्जन प्रमुख प्रशिक्षक रहेको टोलिमा सुनिल श्रेष्ठ प्रशिक्षक, मृगेन्ऽ मिश्र गोलरक्षक प्रशिक्षक छन् । टोलीमा दिवाकर घले व्यवस्थापक रहेको एन्फाले जनाएको छ । काठमाण्डौमा प्रतियोगीता आगामी भदौ ३ गते शुरु हुादै छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]