10 years ago
October 14, 2015
राष्ट्रिय लिग अन्तर्गत प्रत्येक पोजिसनका उत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप बाइक दिने प्रावधान रहेको छ| यसै पुरस्कार प्राप्त गर्न लिगमा रहेका मिडफिल्डरहरुको दावेदारी के-कस्तो छ त?
१. जगजित श्रेष्ठ – रुस्लान थ्री स्टार क्लब
जारी लिगमा छ गोल गरिसकेका जगजित थ्री स्टारका लागि एकाग्र प्रदर्शन गर्ने खेलाडी हुन्| टोलीको जितमा सदाजस्तै उनको ठुलै भूमिका हुने गर्छ| फ्रिकिक र कर्नरमा सधैं खतरा निम्त्याउने क्षमता रहेका जगजीत यसअघी मनाङ, फ्रेन्ड्स र हिमालयन शेर्पा क्लबबाट खेलिसकेका छन्| एन्फा एकेडेमीका खेलाडी जगजित राष्ट्रिय टोलीका पनि महत्वपूर्ण सदस्य हुन्| लेफ्ट विंग र राइट विंग दुवैतर्फ उत्तिकै राम्रो खेल्न सक्ने जगजित उत्कृष्ट मिडफिल्डरको दौडमा अगाडी देखिएका छन्|
२. बिशाल राई – लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्गदी क्लब
राष्ट्रिय टोलीबाट डेब्यु गरेको खेलमै उत्कृष्ट प्रदर्शन गरेका बिशालले मनाङका लागि पनि राम्रो प्रदर्शन गर्दै छन्| चार गोलसहित मनाङका लागि दोश्रो उच्च गोलकर्ता रहेका विशालको नाममा झापा विरुद्धको जितमा रहेको म्यान अफ द म्याच पनि छ| ठुला खेलमा आफुलाई खरो उतार्न सक्षम राईले मिडफिल्डरको दौडमा कडा दाबेदारी प्रस्तुत गरेका छन|
३. टेक बहादुर बुढाथोकी – त्रिभुवन आर्मी क्लब
लिगमा मिडफिल्डर मध्य सबैभन्दा बढी गोल गर्ने टेक आर्मीका लागि एकदमै महत्वपूर्ण खेलाडी हुन्| राष्ट्रिय टोलीमा पर्न नसकेका बुढाथोकी ठुला खेलमा गोल गर्नपनि माहिर छन्| दायाँ र बायाँ दुवै खुट्टा चलाउन सक्षम रहेका टेक शारीरिक रुपमा पनि एकदमै बलियो छन्| नवयुग र भरत खवासलाई अट्याकमा पनि टेकले धेरै सहयोग गरेका छन्| पुषमा हुने साफ च्याम्पियनशिपमा राष्ट्रिय टोलीमा पर्ने लक्ष्य राखेका बुढाथोकी उत्कृष्ट मिडफिल्डरको उपाधि हात पर्ने सुरमा छन्|
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]