10 years ago
October 15, 2015
फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगितामा पैसा खाएर म्याचफिक्सिङ (खेल–मिलेमतो) गरेको आरोपमा प्रहरीले राष्ट्रिय टोलीका कप्तान सागर थापासहित पाँच खेलाडीलाई बुधबार पक्राउ गरेको थियो ।
महानगरीय प्रहरी अपराध महाशाखाले सागर लगायत राष्ट्रिय टोलीका उपकप्तान सन्दिप राई र पूर्व खेलाडी अन्जन केसी र बिकाश सिंह क्षत्रीलाइ पक्राउ गरेका थिए ।
प्रहरीले प्राप्त गरेको आर्थिक विवरणमा एक खेलवापत एक लाख डलर (करिब एक करोड रुपैयाँ) सम्म लिएको उल्लेख छ।
खेल मिलेमतोवापतको अधिकांश रकम मलेसियाबाट हुन्डी र मनी ट्रान्सफर हुँदै नेपाल भित्रिने गरेको अनुसन्धान अधिकारी बताउँछन्।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनीहरूले वेस्टर्न युनियन, साइबर मनी ट्रान्सफर, सोसाइटी ट्राभल्स प्रालि, सिजी फिन्को र साइबर मनी ट्रान्सफरबाट पैसा लिएको विवरण फेला पारिसकेको छ। अधिकांश रकम अञ्जनले बुझेका थिए- नागरिक न्युजले जानाएको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]