9 years ago
April 26, 2017
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बुधबार राती हुने खेलमा रियल म्याड्रिडले घरेलु टोली डेपोर्टिभो ल कोरुनाको सामना गर्दैछ।

एल-क्लासिकोमा भोगेको पराजयसंगै लिगको दोश्रो स्थानमा पुगेको म्याड्रिड जित दर्ता गरेर बार्सिलोनामाथि दबाब सिर्जना गर्ने धुनमा हुनेछ। बार्सिलोनाको तुलनामा १ खेल कम खेलेको रियल समान अंक बोकेर अंक तालिकाको दोश्रो स्थानमा रहेको छ।
एल-क्लासिकोमा रातो कार्ड पाउँदै मैदान छाडेका सर्जियो रामोस प्रतिबन्धका कारण यस खेलमा खेल्न पाउने छैनन्। उनको स्थानमा चोटबाट फर्किदै गरेका राफेल भारानेले खेल्नेछन्। अर्का डिफेन्डर पेपे पनि घाइते भएको अवस्थामा म्याड्रिडले नाचो फर्नान्डेज र भारानेको जोडीलाई प्रयोग गर्नेछ। ग्यारेथ बेल पनि चोटका कारण यस खेलमा देखा पर्ने छैनन्।
रियलले डेपोर्टिभो विरुद्धको पछिल्लो ८ खेलमा जित हात पारेको छ। यी २ टोलीबिचको पछिल्लो ८ खेलमा म्याड्रिडले डेपोरलाई प्रत्यक खेलमा कम्तिमा २ गोल हानेको छ। लिग तालिकाको १६औं स्थानमा रहेको डेपोर्टिभो यस खेलमा अनुकुल नतिजा निकालेर रेलिगेसनको डरबाट मुक्त हुने धुनमा हुनेछ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]