9 years ago
April 28, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अमेरिकाको पेन्सेभेनियामा रहेको किस्टोन एथलेटिकले नेपाली क्लबलाई अमेरिका भ्रमणको निमन्त्रणा दिएको छ । युएसए ओपन च्याम्प्यिनसिपमा नेपाली खेलाडीको व्यवस्थापकका रुपमा अमेरिका पुगेका रुस्लान थ्री स्टार क्लबका सदस्य राम श्रेष्ठमार्फत क्लबका पदाधिकारीले नेपाली क्लबलाई किस्टोनले समरमा आयोजना प्रतियोगिता भाग लिन आमन्त्रण गरेको बताइएको छ ।

थ्री स्टारका पूर्व प्रशिक्षक प्रदीप हुमागाई हाल किस्टोन एथलेटिकमा प्रशिक्षकका रुपमा कार्यरत छन् । हुमागाईको पहलमा श्रेष्ठले क्लबका निर्देशक हिसम सोबे र प्रशिक्षक निर्देशक टोम मुस्टाकसँग भेट गरेका थिए । उनीहरुले आफुहरु नेपाली क्लबलाई सहयोग गर्न तयार रहेको बताएको श्रेष्ठले टेलिफोनमार्फत हाम्रो खेलकुदलाई जानकारी दिए ।
श्रेष्ठले अमेरिका आमन्त्रणको निमन्त्रणा दिएपनि अहिले नै सहभागि हुने नहुने वा कसरी हुने भन्ने विषयमा केही बताउन नसकिने जनाए। ‘ प्रारम्भिक कुराकानी भएको छ ’ श्रेष्ठले भने, ‘हामीले भाग लिन सक्ने नसक्ने विषयमा अहिले जवाफ दिन सक्दैनौं । नेपाल फर्केर यो विषयमा छलफल अघि बढाउछु । त्यसपछि मात्र भाग लिने नलिने कुरा अघि बढ्नेछ । ’

हुमागाई लगायत अन्य थ्रुपै प्रशिक्षक रहेको क्लबमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक रिचर्ड ओर्लोस्की टेक्निकल डाइरेक्टरका रुपमा कार्यरत छन् । हुमागाई केही बर्षयता अमेरिका बस्दै आएका छन् । हुमागाईले अहिले किस्टोनमा यू १४ र यू १८ लाई प्रशिक्षण दिदै आइरहेका छन् ।
अमेरिका जानुअघि हुमागाईको प्रशिक्षणमा थ्री स्टारले सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो । त्यति बेला श्रेष्ठ थ्री स्टारको व्यवस्थापक थिए ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]