9 years ago
April 30, 2017
एजेन्सी – रियल म्याड्रिडले आउने सिजनका लागि म्यानचेस्टर युनाईटेडक गोलरक्षक डेविड डे हेयालाई आफ्नो क्लबमा भित्र्याउन मिडफिल्डर हामेस रोड्रीग्वेजलाई प्रयोग गर्ने भएको छ।

स्पेनिस पत्रिका ‘डन बालोन‘का अनुसार रियलले आउने सिजनमा रोड्रीग्वेजलाई क्लब छाडेर जना दिने मनस्थिति बनाइसकेको छ। प्रशिक्षक जिनेदिन जिदानको पहिलो रोजाईमा नपरेको र उनको तुलनामा युवा खेलाडीहरुको प्रदर्शन राम्रो हुँदै गएकाले म्याड्रिडले उनलाई अर्को सिजन बेच्न तयार भएको बुझिएको छ।
यस्तोमा म्यानचेस्टर युनाईटेडले पहिले देखि हामेसप्रति केहि उत्सुकता देखाएको र म्याड्रिडले राम्रो अफर दिएमा दुइ क्लब बीच केहि सहमति हुने देखिएको छ। म्याड्रिडले विगत केहि सिजनयता डे हेयालाई म्याड्रिड ल्याउन खोजेको थियो।
जोसे मोउरिन्होले यसअघि डे हेयालाई क्लब छोड्ने मनस्थिति भएमा आफुले नरोक्ने पनि बताइसकेका छन्। दुइ क्लब बीच खेलाडी साटासाट संगै त्यसमा संलग्न हुने पैसा मिलेमा यो ट्रान्सफर सफल हुने केहि स्पेनिस मिडियाले बताएका छन्।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]