default_image

9 years ago

April 30, 2017

प्रिमियर लिगमा युनाइटेडको अर्को बराबरी

154 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)– स्वान्सी सिटीसँग आज १–१ को बराबरीमा रोकिएपछि शीर्ष चार भित्र रहँदै प्रिमियर लिगमा पर्ने लक्ष्यमा धक्का लागेको छ । विवादास्पद पेनाल्टी गोलबाट लिएको अग्रतालाई जोगाउन नसक्दा युनाइटेडले बराबरीमा चित्त बुझाउनु परेको थियो ।

निर्धारित समय सकिनु अघि ११ मिनेटअघि ग्लिफी सिगुर्डसनले फ्रिकिकमार्फत बराबरी गोल गरेका थिए । त्यसअघि कप्तान वायन रुनीको गोलबाट युनाइटेडले घरेलु मैदानमा अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा रुनीले पेनाल्टीमा गोल गरेका थिए ।

अघिल्लो खेलमा युनाइटेले सहरी प्रतिद्वन्द्वि म्यानचेस्टर सिटीसँग गोलरहित बराबरी खेलेको थियो । अहिले सिटी र मिडल्सब्रोबीच प्रतिस्पर्धा भइरहेको छ ।

३४ खेलपछि पाँचौं स्थानमा रहेको युनाइटेडको ६५ अंक पुगेको छ । शीर्ष चारमा पर्न तीब्र प्रतिस्पर्धा रहेकोले अन्तिम ४ खेल बाँकी रहँदा शीर्ष चारमा पर्न युनाइटेडदलाई कठिन देखिएको छ । युनाइटेडभन्दा २ खेल कम खेलेको छैटौं स्थानमा रहेको आर्सनलको ६० अंक छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.