9 years ago
May 2, 2017
चितवन (हाम्रो खेलकुद) – साविक विजेता नारायणगढ फुटबल क्लब (एनएफसी)ले चितवन जिल्ला लिग फुटबलको उपाधि जितेको छ । नारायणगढको क्याम्पाचौरमा सोमबार भएको फाइनलमा एभरेष्ट क्लबलाई टाइब्रेकरमा ४–२ मा हराउँदै एनएफसीले उपाधि रक्षा गरेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरबाट निकालिएको थियो । पेनाल्टीमा एनएफसीका यदु सिलवाल, पुकार आले, विमल तामाङ र शेखर उप्रतीले गोल गर्न सफल भए । एभरेष्टका प्रेमध्वज गुरुङ र शक्ति गुरुङ गोल गरे भने अशोक अधिकारी र निलम गुरुङ गोल गर्न चुके ।
जितसँगै उपाधि जितेको एनएफसीले ट्रफी र मेडलसहित नगद ४० हजार रुपैयाँ प्राप्त ग¥यो । उपाधिमा चित्त बुझाएको एभरेष्टले ट्रफी र मेडलसहित नगद २० हजार रुपैयाँ प्राप्त गर्यो । त्यस्तै उत्कृष्ट गोलकिपर एनएफसीका प्रदिप भण्डारी घोषित भए । उत्कृष्ट डिफेन्डर नारायणी फुटबल क्लबका शनि श्रेष्ठ चुनिए । सर्वाधिक गोलकर्ता सुचीमा एनएफसीका शेखर उप्रतीको नाम अग्रस्थानमा रह्यो । उनले प्रतियोगिता अवधिभर ५ गरेका थिए । त्यस्तै उत्कृष्ट मिडफिल्डरमा एभरेष्टका मनिस आले घोषित भए । उत्कृष्ट खेलाडीमा एभरेष्टकै सुरज सेन्चुरी घोषित भए । फेयर प्यलेको अवार्ड हर्दी युवा समाज भण्डाराले प्राप्त गर्यो ।
चितवन जिल्ला फुटबल संघले आयोजना गरेको जिल्ला लिग फुटबल चैत २८ देखि वैशाख १८ गतेसम्म सञ्चालन भएको थियो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]