9 years ago
May 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन क्लब जाउलाखेल युथ क्लबका महासचिव मनमोहन केसीको आज पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ । केसीको शुक्रबार बिहान १ बजे निधन भएको थियो ।

मुटुको समस्या र निमोनियाले चापेपछि बिहीबार साँझ जावलाखेलस्थित अल्का अस्पतालमा लगिएको र स्थिति गम्भिर भएपछि थप उपचारका लागि उनलाई थापाथलीको नर्भिक अस्पताल पुर्याइएको थियो । ३९ वर्षे केसीको श्रीमती र एक छोरा छन् ।
दाह संस्कारअघि केसीको पार्थिव शरिर अन्तिम श्रद्धान्जलीका लागि शनिबार बिहान जावलाखेल युथ क्लबको मैदानमा राखिएको थियो । क्लबका पदाधिकारी, अखिल नेपाल फुटबल संघका (एन्फा) पदाधिकारी, फुटबल खेलाडी, आफन्त, साथीभाई र शुभचिन्तकको अन्तिम श्रद्धान्जलीमा उपस्थित थिए ।

केसीको निधन प्रति हाम्रो खेलकुद डटकम दुःख व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना एवंम् शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दैछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]