9 years ago
May 21, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – चोटका कारण विगत १ वर्षदेखि मैदान बाहिर रहेकी मिडफिल्डर सजना राना मलेसियाविरुद्ध हुने मैत्रीपूर्ण खेलको अन्तिम टोलीमा अटाउन सफल रहिन्। साफ च्याम्पियनसिप खेलेको टोलीबाट एकमात्र नयाँ खेलाडीका रुपमा टोलीमा प्रवेश पाएकी उनले सुरुवाती एघारमै उत्रने सम्भावना प्रवल रहेको छ।

भारतमा सन् २०१६को डिसेम्बर महिनामा भएको साफ च्याम्पियनसिपमा केहि फितलो देखिएको नेपालको सपोर्टिङ स्ट्राइकरको भूमिकामा सजना फिट रहने विश्वास प्रशिक्षक कुमार थापाले लिएका छन्। आक्रामक मिडफिल्डको भूमिका निभाउँदै आएकी सजना, थापाले रुचाउँदै आएको ४-२-३-१ पद्दतिको सेन्ट्रल अट्याकिङ मिडफिल्डमा ‘पर्फेक्ट फिट’ हुने खेलाडी हुन्। विगतको प्रतियोगितामा शर्मिला थापा र सरु लिम्बुले उक्त स्थानमा मौका पाएपनि उनीहरुले सोचेअनुरुप प्रदर्शन गर्ने सकेका थिएनन्।
चोटबाट फर्किएपछि सिधै राष्ट्रिय टोलीको प्रशिक्षणमा स्थान पाएकी सजनाले प्रशिक्षक थापाको अन्तिम २०मा अटाएकि हुन्। प्रशिक्षणका दौरान उनको प्रदर्शन उत्कृष्ट रहेको र उनको आगमनसँगै टोलीको प्रदर्शन अझै राम्रो हुने प्रशिक्षक थापा बताउँछन्। “सजना शारीरिक र रणनीतिक रुपमै उत्कृष्ट खेलाडी हुन्। उनमा अन्तर्राष्ट्रिय अनुभव पनि भरपुर छ र अहिले हाम्रो टोलीमा खड्किएको स्थानमा उनलाई पाउनु टोलीको लागि निकै राम्रो खबर हो। प्रशिक्षणमा उनले राम्रो प्रदर्शन गरेकी छिन् र उनले यसैलाई निरन्तरता दिनेमा म आशावादी छु।”

सजना आफैं पनि आफ्नो पुनरागमन सुखद हुनेमा विश्वास राख्छिन। “म मैदानबाट चोटका कारण बाहिर रहेपनि फिटनेसमा भने ध्यान दिइरहेको थिएँ। चोटबाट पूर्णरुपमा ठिक भएपछि मैले आफ्नो पुनरागमनमा पुरा ध्यान दिएको छु। अन्तिम टोलीमा परेपछि म थप मेहनत गर्न प्रेरित भएको छु।”
कुमार थापाको प्रशिक्षणमा पहिलो पटक टोलीमा अटाएकी सजनाले केहि नयाँपन अनुभूति गरिरहेकी छिन्। “पहिला भन्दा अहिलेको प्रशिक्षण धेरै फरक छ। अहिले फिटनेसका साथै बलसँगको प्रशिक्षण पनि उत्तिकै राम्रो छ। अहिले युवा टोलीमा जोश छ र प्रशिक्षकले हाम्रो टोलीलाई फिट हुने र हामीलाई अझै विकास गर्ने प्रशिक्षण गराउनुहुन्छ।”
मलेसियासँग हुने दुवै मैत्रीपूर्ण खेलमा जित दर्ता गर्नेमा सजना आशावादी छिन्। “हाम्रो टोलीले साफअघि मलेसियालाई नेपालमा हराएको थियो। तर अब मलेसियामा हुने खेलमा हामीलाई त्यहाँको वातावरणमा रिझ्न केहि गार्हो होला, तर हामी आफ्नो पक्षमा नतिजा पार्न आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछौं। दुवै खेलमा जित दर्ता गरेर साफको तयारीलाई अझै राम्रो बनाउने लक्ष्य लिएका छौं।”

नेपालले मलेसियासँग २ मैत्रीपूर्ण खेल खेल्दैछ। जेठ ८ र १० गते हुने मैत्रीपूर्ण खेल मलेसिया स्थित कोटा किनाब्लुको लिकास रंगशालामा हुनेछ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]