9 years ago
May 21, 2017
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले ला लिगाको अन्तिम खेलमा आफ्नो घरेलु मैदानमा ऐबारको सामना गर्दा जेरार्ड पिके नखेल्ने पक्का भएको छ ।

पेटको समस्याका कारण २०१६/१७ को अन्तिम खेलमा पिके नखेल्ने निश्चित भएको छ । बार्सिलोनाका सेन्टर ब्याकलाई कोपा डेल रे को फाइनलमा भने खेल्नलाई भने ठिक हुन सक्नेछन । बार्सिलोनाकालागि मास्चेरानो र जेरेमी म्याथु पनि चोटका कारण खेल्ने छैनन् ।
अंक तालिकामा दोस्रो स्थानमा रहेको बार्सिलोनाले अन्तिम खेल जित्दै रियलले मालगासँग पराजयको सामना गरे उपाधी जित्न सक्छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]