9 years ago
May 23, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगामा रियल म्याड्रिड भन्दा ३ अंकले पछि पर्दै उपाधिबाट बन्चित बार्सिलोनाले कोपा डेल रे जितेमा विजयी उत्सव नमनाउने भएको छ ।

बार्सिलोनाका निर्देशकहरुले घरेलु कप जितेपनि शहरमा कुनै उत्सव नमनाउने निर्णय गरेका हुन् । च्याम्पियन्स लिगमा युभेन्टससँग पराजित बार्सिलोना ला लिगाको उपाधिमा पनि चुकेको थियो । २०११ र २०१२ को सिजनमा लिग र युरोपियन उपाधिबाट चुकेपनि कोपा डेल रे जित्दा बार्सिलोनाले भव्य विजयी उत्सव मनाएको थियो । तर यो सिजन त्यस्तो नहुने बार्सिलोनाका निर्देशकहरुले निर्णय गरेका छन् ।
बार्सिलोनाले मे २८ मा कोपा डेल रे को फाइनलमा अलभेसको सामना गर्दैछ । सिजन को अन्त्यमा बार्सिलोनासँग सम्झौता नविकरण नगर्ने निर्णय गरेका प्रशिक्षक लुइस एन्रिकेको त्यो बार्सिलोनासँगको अन्तिम खेल हुनेछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]