9 years ago
May 24, 2017
स्पेन (एजेन्सी) – बार्सिलोनाका स्टार फरवार्ड एवं अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनेल मेस्सीलाई कर छलीको अभियोगमा स्पेनको सर्वोच्च अदालतले २१ महिना जेल सजाय र करिब २ मिलियन युरो जरिवाना सुनाएको छ।

सन् २००७ देखि २००९को बिचमा मेस्स्सीले ३ पटक कर छलेको आरोप उनीमाथि लाग्दै आएको थियो। विभिन्न देशका कम्पनि मार्फत कुल साढे तिन मिलियन पाउण्ड बराबरको कर छलेको आरोप र करिब ९ मिलियन पाउण्ड बराबरको कमाइ उनले लुकाएका थिए।
स्पेनिस कानुनका अनुसार २ वर्ष भन्दा कमको जेल सजाय जेल परिवीक्षाधीन अवधीका रुपमा काट्न पाइने प्रावधान रहेको छ। त्यसैकारणले मेस्सीले जेल सजाय काट्नु नपर्ने तर जरिवाना भने तिर्नुपर्ने हुनेछ।
मेस्सीसँगै उनका पिता जोर्गेलाई पनि २१ महिना जेल सजाय सुनाइएको भएपनि त्यसलाई भने १५ महिनामा झारिएको छ। उनका पिताले पनि जेल सजाय काट्नु पर्नेछैन।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]