default_image

9 years ago

May 28, 2017

सिजनको सुरुवातमा बार्सिलोना र रियल म्याड्रिड तिन पटक भिड्ने

136 views

0 Bookmark

एजेन्सी – कोपा डेल रे को फाइनल जिते लगतै बार्सिलोनाले रियल म्याड्रिडसँग यसै सिजनको सुरुवातमा तिन खेल खेल्ने पक्का भएको छ ।la liga

मायमीको अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गतको मैत्रीपुर्ण खेलमा जुन २९ मा आमने सामने हुने भएका यी दुइ क्लब बार्सिलोनाले कोपा डेल रे जिते लगतै स्पेनिस सुपर कोपामा थप दुइ पटक भेट्ने पक्का भएको हो । दुइ लेगमा हुने सुपरकोपामा एल क्लासिकोको मजा समर्थकहरुले लिन सक्नेछन् ।

अघिल्लो पटक बार्सिलोना र रियल म्याड्रिड सुपर कपमा आमने सामने हुदा रियलले उपाधि अवे गोलको आधारमा जितेको थियो । बार्सिलोनाको घरेलु मैदानमा ३-२ ले पछि परेको रियलले आफ्नो घरेलु मैदानमा २-१ ले बिजयी हुदै सुपरकोपा आफ्नो नाम गरेको थियो ।

रियल लिग विजेताको हैसियतले सुपरकोपा खेल्दैछ भने बार्सिलोना कोपा डेल रेको विजेताको रुपमा यस खेलमा सहभागी हुनेछ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.