9 years ago
May 30, 2017
स्याङजा (हाम्रो खेलकुद) – मंगलबारदेखि सुरु भएको एन्फा महिला लिग च्याम्पियनसिप २०७४ अन्तर्गत पहिलो दिनको खेलमा रौतहटले पाँचथरलाई १५-०को भारी अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

फोटो: एन्फा
रौतहटको जितमा रजनी ठोकर र रश्मि कुमारी घिसिङले ह्याट्रिक गरेका थिए भने कप्तान मेनुका नगरकोटे, अन्जली योन्जन र अनिता केसीको २/२ गोलको योगदान रह्यो।
यसैगरि राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्मिलित स्याङजाले धनकुटालाई १३-०ले पराजित गर्यो। सावित्रा आफैंले घरेलु टोलीका लागि ९ गोल गरेकी थिइन्।
यसैगरी प्रियांका रानाको ६२औं मिनेटको गोलको मद्दतले कन्चनपुरले भोजपुरलाई १-०ले पराजित गर्यो। प्रिती राईले २ गोल गरेपछि काठमाडौँले मकवानपुरलाइ २-०ले पराजित गर्यो।
बाँके र सुनसरीले गोलरहित बराबरी खेल्दा पूर्वेली टोली झापाले भने दाङमाथि ९-०को ठुलो जित हात पार्यो। झापाका लागि सम्झना लावतीले ४ गोल प्रहार गरिन भने मालिका मगरले ह्याट्रिक पुरा गरिन।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]