9 years ago
May 31, 2017
एजेन्सी – रियल म्याड्रिड र युभेन्ट्सबीच झन्डै दुई दशकअघि च्याम्पियन लिग फाइनल भएयता फुटबलमा धेरै परिवर्तन आइसकेको छ । विश्वकै चर्चित यी दुई टोलीबीच सन् १९९८ मा च्याम्पियन्स लिग फाइनल भएको थियो । यसपटक पनि यीनै दुई टोलीबीच शनिबार च्याम्पियन्स लिग फाइनल हुँदैछ ।
ब्राजिलका रोनाल्डो त्यति बेला विश्वका महंगा फुटबल खेलाडी थिए । प्रिमियर लिग विजेता समेत रहिसकेको म्यानचेस्टर सिटी इङ्ल्यान्डको तेस्रो डिभिजनमा घटुवा भएको थियो । हाल युरोपका अर्का ठूलो खेलाडीको रुपमा आफुलाई अघि बढाउदै गरेका मोनाकोका किलियान बाप्पे जन्मेका पनि थिएनन् । रियल र युभेन्ट्सबीचको फाइनल भएको छ ६ महिना पनि बाप्पे जन्मेका थिए ।
त्यसबेला र अहिले फुटबलमा धेरै परिवर्तन आएपनि एउटा समनाता भने उस्तै छ । अहिले पनि रियल र युभेन्टस क्लब फुटबलका शक्तिका रुपमा स्थापिन छन् । यसपटक यी दुई टोलीबीच वेल्सको कार्डिफ स्थित राष्ट्रिय रंगशालामा प्रतिस्पर्धा हुँदैछ ।
१९९८ मा यी दुई टोली फाइनलमा भिड्दा विश्लेषकहरुको नजरमा रियल भन्दा युभेन्ट्स बलियो मानिन्थ्यो । अहिले रियललाई बलियो मान्नेहरुको समूह बाक्लो छ । त्यति बेलाको फाइनलमा परेड्राग मिजाटोबिकको एकमात्र गोलमा रियलले युभेन्टसलाई हराउदै च्याम्पियन्स लिग उपाधि जितेको थियो । अहिले ४८ बर्षेका मिजाटोबिक युगोस्लाभियाका पूर्व स्ट्राइकर हुन् । उनले रियलमा तीन सिजन बिताएका थिए ।
सन्तुलित मानिएको युभेन्टसको त्यो लगातार तेस्रो पटकको फाइनल यात्रा थियो । रियलसँग प्रमाणित गर्न बाँकी औसत खेलाडीको साथ थियो । त्यस्तो पृष्ठभूमिमा युभेन्टसको जित अनुमान गर्ने विश्लेषकलाई स्तब्ध पार्दै रियल उपाधि आफ्नो नाममा लेखाउन सफल भएको थियो ।
अहिले रियलको प्रशिक्षण सम्हालेका जिनेदिन जिदान युभेन्टसबाट खेल्थे । यो सिजन चेल्सीलाई प्रिमियर लिग उपाधि दिलाएका प्रशिक्षक एन्टोनियो कोन्टे युभेन्टसबाट दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । त्यति बेलाको फाइनल खेलेका रियलका फरवार्ड राहुल गोन्जालेज मात्र २० बर्षका थिए ।

उपाधि सहित रियलका खेलाडी हरु

हाल रियलका प्रशिक्षक जिदान युभेन्टसबाट खेल्दै

रियलका लेजेन्ड राउल २० वर्षका थिए
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]