default_image

9 years ago

June 1, 2017

नेपालको लेफ्ट डिफेन्स को होलान्?

232 views

0 Bookmark

-सुबास हुमागाईं

काठमाडौँ  – नेपाली राष्ट्रिय फुटबल टोली जेठ २३ गते भारतविरुद्ध हुने अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको तयारीका लागि हाल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम घाँसे मैदानमा प्रशिक्षणरत छ

जेठ ३० गते यमनविरुद्ध हुने एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गतको दोश्रो खेलको तयारीका लागि नेपाली टोलीले भारतको सामना गर्न लागेको हो। मुम्बईको अँधेरी स्पोर्ट्स कम्प्लेक्सको मैदानमा हुने खेलका लागि अन्तिम टोलीको घोषणा हुन बाँकी छ। तर नेपाली टोली अन्तिम नामावली सुनाउनु अघिनै चोटको चपेटामा परेको छ।

फिलिपिन्सविरुद्धको खेलमा चोट बोकेका डिफेन्डर रबिन श्रेष्ठ शल्यक्रिया गरेसँगै विश्राममा छन् भने उनको स्थानमा खेल्ने आशा गरिएका डिफेन्डर रंजित धिमाल चोटका कारण प्रशिक्षणबाट घर फर्किएका छन्। विगत एक दशक यता नेपाली राष्ट्रिय टोलीको लेफ्ट ब्याक भूमिका निर्वाह गरेका रबिनको स्थानमा बिचमा केहि समय रंजितले खेलेका थिए। तर, यी दुवै खेलाडीको अनुपस्थितिले अब नेपाली टोलीको लेफ्ट ब्याकको भूमिकामा भने ठुलो संकट परेको छ।

१२औं सागमा नेपालले स्वर्ण पदक जित्दा कप्तान विराज महर्जनले लेफ्ट ब्याकको भूमिका निर्वाह गरेका थिए तर त्यसयता उनको प्रदर्शन निकै खस्किदै गएको छ राइट ब्याक बिराजको स्थानमा कमल श्रेष्ठले खेल्दै आएका छन् भने उनलाई वैकल्पिक खेलाडीको रुपमा प्रयोग गरिंदै आएको छ। रबिन र रंजितको अनुपस्थितिमा उनलेनै लेफ्ट ब्याकको भूमिका निर्वाह गर्न सक्नेछन्।

उनको विकल्पमा मान बहादुर तामाङ र बिमल बस्नेत पनि रहेका छन्। मान बहादुरले १२औं सागको फाइनल खेलमा सुरुवात गरेका थिए भने हिमालयन शेर्पाबाट व्यावसायिक फुटबल खेल्दै आएका छन्। बिमल बस्नेत पनि मनाङबात राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टोलीको प्रशिक्षणमा आएका हुन्। उनलाई वैकल्पिक खेलाडीको रुपमा प्रशिक्षकले प्रयोग गर्न सक्छन।

फिलिपिन्सविरुद्धको खेलमा रोहित चन्दले मिडफिल्डरको भूमिका निभाएका थिए भने अनन्त तामाङ र आदित्य चौधरीले सेन्टर डिफेन्समा खेलेका थिए। यदि प्रशिक्षकले विराज र मान बहादुरलाई नलिएको खण्डमा आदित्यले लेफ्ट डिफेन्सको भूमिका निर्वाह गरेर अनन्त र रोहितको जोडीले डिफेन्समा खेल्ने सम्भावना पनि जिवितै छ। तर विक्रम लामाको अनुपस्थितिसँगै मिडफिल्ड कम्जोर हुने कारणले रोहितको आगमनले मिडफिल्डमा थप सहयोग भने पुग्नेछ।

नेपाली टोली आइतबार भारततर्फ प्रस्थान गर्दैछ

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.