default_image

9 years ago

June 2, 2017

प्रिमियर लिगमा चेल्सीको सर्वाधिक कमाई

166 views

0 Bookmark

इङ्ल्यान्ड (एजेन्सी) – प्रिमियर लिगले गत सिजन क्लबलाई दिएको प्रसारण र व्यावसायिक भुक्तानी रकम सार्वजनिक गरेको छ । २०१६ / १७ को लिग बिजेता टोली चेल्सी सबै भन्दा धेरै रकम पाउने क्लब बनेको छ । चेल्सीले जम्मा १५०.८ मिलियन पाउन्ड पाएको छ ।

chelsea

त्यस्तै यसै सिजन तल्लो डिभिजनमा घटुवा भएका सन्डरल्याण्ड, मिडल्सब्रो र हल सिटीले समान ९३.४ मिलियन पाउन्ड कमाएका छन् । प्रिमियर लिगले पहिलो डिभिजनको २० क्लबलाई जम्मा २.३९८ बिलियन पाउन्ड रकम प्रदान गर्यो ।

यसरी भाग लगाइयो राइट्सको रकम

१. युके टेलेभिजन राइट्सको रकम क्लबहरुलाई भाग लगाउने प्रक्रिया:
क. ५० प्रतिशत दामासाहीमा
ख. २५ प्रतिशत रकम टेलिभिजनमा प्रशारण भएको खेलको आधारमा
ग. २५ प्रतिशत लिगको स्थान हेरेर बाँडियो।
२. अन्तर्राष्ट्रिय टेलिभिजन राइट्सको रकम २० क्लबमा बराबर भाग लगाइयो ।
३. व्यवसायिक भुक्तानीबाट उठेको ९२.५ मिलियन पाउन्ड सबै क्लबमा बराबर भाग लगाइयो ।

कसले कति कमाए ?

क्लब कमाई (पाउन्डमा)
चेल्सी १५०,८११,१८३
टोटेनहम १४५,४६१,३२५
म्यानचेस्टर सिटी १४६,९२७,९६५
लिभरपुल १४६,१२२,४३९
आर्सनल १३९,६३६,४९८
म्यानचेस्टर युनाइटेड १४१,१०३,१३८
एभर्टन १२७,८००,६९९
साउथह्याम्प्टन १२२,४५०,८४१
बर्नमाउथ ११८,२३७,०६६
वेस्ट ब्रम ११४,०२३,२९१
वेस्ट  ह्याम ११६,६२६,०१४
लेस्टर ११५,८२०,४८८
स्टोक १०७,०६२,३८१
क्रिस्टल प्यालेस १०९,६६५,१०४
स्वान्सी १०३,१७९,१६३
बर्नली १०१,२३७,५५४
वाटफर्ड १०२,७०४,१९४
हल ९७,३५४,३३६
मिडल्सब्रो ९८,८२०,९७६
सन्डरल्यान्ड ९३,४७१,११८

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.