10 years ago
November 1, 2015
राष्ट्रिय टोलीका वर्तमान कप्तान सागर थापा निलम्बित रहेको अवस्थामा अब घोषणा हुने टोलाको कप्तान को होलान् भन्ने चासो सम्पूर्ण नेपाली समर्थक हरुमा छ । टोलिको कप्तान सागर र उपकप्तान सन्दिप दुबै निलम्बित भएको अवस्थामा प्यट्रीकले छान्न सक्ने केहि खेलाडीहरु तल लेखिएको छ ।
१. अनिल गुरुङ्ग : अहिलेको राष्ट्रिय टोलीका सबैभन्दा अग्रज खेलाडी अनिल विगत नौ वर्ष देखि फरवार्डको भुमिका निर्वाह गर्दै आएका छन् । मनाङ मर्स्याङदि क्लबका कप्तान रहेका अनिलले थ्रि स्टार र एन.आर.टिबाट पनि घरेलु फुटबल खेलिसकेका छन् । भारतको आई.लिगमा सिलोङ लाजोङबाट व्सवसायिक फुटबल खेलेका गुरुङ्गले बेलायतको तल्लो डिभिजनको क्लबहरुमा पनि ट्रायल दिएका थिए ।
नवीनतम अवस्ता हेर्ने हो भने अनिलले सुरुवाती भूमिका भने पाउन सकेका छैनन तर जेठोपनको हिसाबले र अनुभव हेर्ने हो भने अनिल राम्रो विकल्प हुन सक्छन ।
२. रोहित चन्द : राष्ट्रिय टोलीमा २००९मा डेब्यु गरेका रोहितले त्यसयता फर्केर हेर्नुपरेको छैन । घरेलु लिगमा सोर्ह वर्षको उमेरमा नै मच्छिन्द्रको कप्तान रहेका चन्दले विभिन्न विदेशी क्लबबाट व्यवसायिक फुटबल खेलेका छन् । भारतको आई लिगमा एच.ए.एल बाट खेलेका रोहितले इन्डोनेसिया लगायतका देशमा तेहि सिजन बिताए। कप्तानमा हुनुपर्ने सबै गुण भएका रोहित टोलीका सबैभन्दा परिपक्व खेलाडी मानिन्छन् ।
कलिलो उमेरमा निकै अनुभव बटुलेका रोहित अवसर पाए लामो समय सम्म आर्म ब्यान्ड लगाइ टिमको नेतृत्व गर्न योग्य छन ।
३. किरण चेम्जोङ्ग : राष्ट्रिय टोलीका गोलरक्षक किरण लामो समयदेखि आफ्नो पोजिसनमा एकछत्र राज गर्दै आएका छन्। उनिबाट राष्ट्रिय टोलीबाट खेल्दा नराम्रो प्रदर्शन विरलै पाइन्छ। थ्रि स्टार क्लबबाट पनि कप्तानको भुमिका निर्वाह गरिसकेका किरण कप्तानको भुमिका निर्वाह गर्न योग्य छन ।
४. विराज महर्जन: राष्ट्रिय टोलीबाट डेब्यु गरेदेखि मात्र एक खेल गुमाएका विराज अहिलेको टोलीमा ५० क्याप पुरा गर्ने एकमात्र खेलाडी हुन् । राइट ब्याक पोजिसनमा राम्रो खेल खेल्ने उनले घरेलु लिगमा मनाङ्गबाट खेल्दै आएका छन्। यसअघि थ्रि स्टार र एन.आर.टीको प्रतिनिधित्व गर्दै प्रेसिडेन्टस् कप खेलेका विराज अनुभवि छन् ।
तपाईंको बिचारमा राष्ट्रिय फुटबल टोलिको कप्तान बन्न योग्य को छ ? तल कमेन्ट गर्नुहोस
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]