default_image

9 years ago

June 7, 2017

मेस्सीले आफ्नो विवाहमा प्रशिक्षक इनरिकेलाइ नबोलाउने

161 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका स्टार फरवार्ड एवं अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आगामी जुन ३० तारिखका दिन विवाह गर्ने भएका छन्। लामो समयदेखि प्रेममा रहेका मेस्सी र एन्टोनेल रोक्कुजोले अर्जेन्टिनामा केहि सातापछि लगनगाँठो कस्ने भएका हुन्।

विवाहका लागि मेस्सीले बार्सिलोनाबाट खेल्दै आएका सम्पूर्ण २१ जना खेलाडीलाई निम्तो दिइसकेका छन् भने पूर्व खेलाडी जाभी हर्नान्डेज पनि उपस्थित रहने स्पेनिस मिडियाले जनाएका छन्। तर मेस्सीले यसै सिजन बार्सिलोना छाडेका प्रशिक्षक लुइस एनरिकेलाइ भने आफ्नो विवाहमा निम्तो दिएका छैनन्।

नोउ क्याम्पमा सँगै रहँदा खटपट परेका कारण निम्तो नदिएको कारण हुनसक्ने आँकलन गरिएको छ। गत सिजन मेस्सी र एनरिकेको मनमुटाव बढेपछि प्रशिक्षकको जागिरनै धरापमा परेको थियो। यद्दपी मेस्सीले प्रशिक्षण टोलीका अन्य सदस्यसँगै क्लबका अन्य सदस्यलाई पनि निम्ता दिएका छन्।

यसै महिना विवाह बन्धनमा बाँधिने मेस्सी र रोक्कुजोको दुई सन्तान छन्। सन २०१२मा पहिलो सन्तानका रुपमा थियागो मेस्सी जन्मेपछि सन २०१५मा माटेओको जन्म भएको थियो। मेस्सी बार्सिलोनामा अनुबन्धन हुनुपूर्वनै रोक्कुजो र मेस्सीको प्रेम सम्बन्ध रहेको थियो।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.