9 years ago
June 8, 2017
एजेन्सी – गत सिजन प्रिमियर लिग उपाधि जित्दा चेल्सीका सर्वाधिक गोलकर्ता रहेका स्पेनिश फरवार्ड डिएगो कोष्टाले अर्को सिजन क्लब छाड्ने भएका छन्।

चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले कोष्टालाई व्यक्तिगत सन्देशमार्फत अर्को सिजन उनि प्रशिक्षकको योजनामा नरहेको बताएका छन्। कोष्टाले प्रशिक्षक कोन्टेले उनलाई क्लब छाड्न खुला छाडेको जानकारी दिए। कोष्टाले चेल्सीका लागि गत सिजन २२ गोल गरेका थिए।
२८ वर्षीय फरवार्ड कोष्टाले सिजनको अन्त्यतिर भने निकै कमजोर प्रदर्शन गरेका थिए। उनले अर्को सिजन एटलेटिको म्याड्रिडमा फर्कने इच्छा जाहेर गरेका छन्। तर, एटलेटिकोले अर्को वर्षको जनवरी महिनासम्म कुनैपनि खेलाडी अनुबन्धन गर्न प्रतिबन्ध लागेको छ।
कोष्टाका अनुसार उनले प्रशिक्षक कोन्टेको निर्णयलाई स्विकार्दै क्लबसँग सल्लाह गरेर भविष्यबारे सोच्ने बताए।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]