9 years ago
June 9, 2017
लन्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले फरवार्ड ज्लाटान इब्राहिमोभिचसँग अर्को सिजनका लागि सम्झौता थप्न नचाहेपनि उनका लागि एउटा विकल्प भने राखिएको बताएको छ । एक बर्षको सम्झौतामा गत सिजन युनाइटेडमा आबद्ध इब्राहिमोभिचलाई विकल्पका रुपमा अर्को एक बर्षको सम्झौताको प्रस्ताव दिन सकिने सम्भावना रहेको श्रोतहरुले बताएका छन् ।

क्लबसँको उनको पुराना सम्झौता अब एक महिना बाँकी छ । तर, क्लबले रिलिज गर्ने खेलाडीको सुचि शुक्रबार सार्वजनिक गर्दा त्यसमा ३५ बर्षे इब्राहिमोभिचको पनि नाम रहने बताइएको छ । मेको सुरुआतमा उनको घुँडाको शल्यक्रिया गरिएको थियो । त्यसता उनी मैदान फर्केका छैनन् ।
उनको अवस्थामा आएको सुधारले चिकित्सक भने प्रभावित रहेको बताइएको छ । उनी मैदानमा फर्कन भने अझै केही समय लाग्ने सम्भावना छ । यो सिजन क्लबका लागि सर्वाधिक गोल गरेका इब्राहिमोभिच अहिले छोड्दा कुनै मुल्य तीर्नु पर्ने छैन । फेरी उनीसँग सम्झौतागर्दा १९ मिलियन पाउन्डभन्दा बढी खर्चनु पर्ने हुन सक्छ ।
इब्राहिमोभिचका बारेमा टुंगिन केही समय लाग्ने देखिएपनि युनाइटेड रियल म्याड्रिडका अल्भारो मोराटासँग सम्झौता हुनेमा भने विश्वस्त छ । त्यस्तै युनाइटेडले रियलकै राफेल भारानलाई पनि भित्र्याउन चाहिरहेको छ । युनाइटेडका मार्कस रीसफोर्डले मोराटाको आगमनले टोली थप मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।
रासफोर्डले वायने रुनी र इब्राहिमोभिचसँग अझै खेल्न चाहेको बताएका छन् । इएफएल कप फाइनलमा साउथह्याम्टनविरुद्ध विजयी गोल गरेका इब्राहिमोभिचले टोलीका लागि २८ गोल गरेका थिए । युरोपा लिगमा एन्डरलेकसँगको क्वार्टरफाइनलका क्रममा उनको घुडाँमा चोट लागेको थियो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]