9 years ago
June 10, 2017
लन्डन (एजेन्सी)– गत सिजन म्यानचेस्टर युनाइटेडका उच्च गोलकर्ता रहेका स्विडिस स्ट्राइकर ज्लाटान इब्राहिमोभिचलाई रिलिज गरेको छ । युनाइटेडसँग इब्राहिमोभिचको एक बर्षे सम्झौता जुन ३० मा समाप्त हुँदैछ । क्लबले चाहेको खण्डमा इब्रासँगको अनुबन्धन १ वर्ष थपिने प्रावधान भएपनि क्लबले उनलाई रिलिज गरेको हो। यसबाहेक दुई पक्षको सहमतिमा स्विडिस स्ट्राइकरसँग क्लबले अर्को एक बर्षको सम्झौता गर्ने चर्चाको बीच उनी सन् २०१८ मा मात्र मैदान फर्कने भएकाले सम्भावना टरेको बताइएको छ । घुँडाको शल्यक्रियापछि इब्राहिमोभिच आराम गरिरहेका छन् ।

गत बर्ष युनाइटेडमा आबद्ध भएयता उनले उच्च प्रदर्शन गरेका थिए । पेरिस सेन्ट जर्मेनबाट गत बर्ष युनाइटेडमा आबद्ध भएपछि उनले ४१ खेलमा २८ गोल गरेका थिए । ३५ बर्षे स्ट्राइकरका एन्जेन्ट मिनो रायोलाले उनको क्लबसँग अर्को एक बर्ष सम्झौता हुन सक्ने बताएका थिए ।
तर, क्लबले इब्राहिमोभिचको सम्झौता बढाउने भन्दा रियल म्याड्रिडका अल्भारो मोराटालाई भित्राउने प्रयास बढाएको छ । यद्दपी मोराटासँगको सम्झौता प्रक्रिया अझै टुंगिएको छैन । युनाइटेड उनीसँगको सम्झौता हुनेमा आशावादी छ । रियलले मोराटाका लागि ९० मिलियन युरो भन्दा बढीको माग राखेको छ ।
युनाइटेडले मोराटाका लागि ६० मिलियन युरोको प्रस्तावलाई रियलले अस्वीकार गरेको छ । यसैबीच, बुन्डेसलिगा टोली हेराथ बर्लिनले इब्राहिमोभिचसँग सम्झौता गर्न चाहेको बताएको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]