9 years ago
June 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टारका तत्कालिन अध्यक्ष स्वर्गिय लतिलकृष्ण श्रेष्ठको सम्झनामा क्लबले सोमबार स्मृति सभाको आयोजना गरेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालिन कार्यवहाक अध्यक्ष समेत रहेका श्रेष्ठको २०७२ जेठ २९ गते करेन्ट लागेर मृत्यु भएको थियो । भैसिपाटीस्थित नयाँ घरमा सरेको राती करेन्ट लागेर उनको मृत्यु भएको थियो ।

स्मृति सभामा सहभागी अधिकांशले स्वर्गिय श्रेष्ठले नेपाल फुटबल विकासमा पु¥याएको योगदान र उनको व्यक्तित्वका बारेमा चर्चा गरेका थिए । थ्री स्टार क्लबका कार्यवहाक अध्यक्ष अरुणमान जोशीले श्रेष्ठ आफ्ना बीचमा नभएको अझै विश्वास गर्न गाह्रो भएको उल्लेख गर्दै भने,‘हामीले उहाँलाई गुमाएको पनि आज दुई बर्ष पुरा भएको स्मरण गर्दा मन भारी भएर आउँछ । उहाँ हाम्राबीचमा हुनुहुन्न । तर उहाँले क्लबलाई दिनु भएको अविभावकत्व, तत्कालिन कठिन परिस्थितिमा एन्फालाई दिनुभएको सक्षम नेतृत्व र नेपाली फुटबल विकासका लागि पु¥याउने भएको योगदान सधै स्मरणीय छन् ।’
एन्फाकै कारण पछिल्लो केही समय फुटबलबाट क्लब टाढा रहेको प्रसंग कोट्याउँदै जोशीले भने,‘अहिलेको समस्याको छिटो हल निकाले थ्री स्टारलाई पुनः फुटबलमा फर्काउन एन्फाले भूमिका निर्वाह गर्ने आशा गरेका छौं ।’
एन्फाका पूर्व अध्यक्ष समेत रहेका सांसद गणेश थापाले नेपाली फुटबलमा श्रेष्ठको अभाव सधै रहिरहने बताए । ‘फुटबलमा त्यति सरल मान्छे मैले अहिले सम्म भेटेको छैन ,’ उनले भने,‘ व्यक्तिगत रुपमा मैले आफ्नो भाई गुमाएको छु । कठिन परिस्थितिमा पनि नआत्तिकन समस्या समाधान गर्ने क्षमता उनमा थियो । त्यो जो कोहीसँग हुँदैन ।’
नेपाली क्लबमा प्रायोजकलाई प्रवेश गराउने श्रेय स्वर्गिय श्रेष्ठलाई जाने थापाले बताए । ‘मलाई त्यो दिन अझै पनि याद छ । ललितकृष्णले अन्नपूर्ण होटलमा नबील बैंकसँग क्लबको सम्झौता गराएका थिए,’ उनले स्मरण गरे,‘त्यति बेला त्यो सोच मेरो पनि आएको थिएन । तर, ललितकृष्णले गरेर देखाए । त्यहिबाट नेपाली क्लबमा प्रायोजक आउने परम्पराको सुरुआत गराए । ’
अर्को एक प्रसंगमा आफु एन्फा अध्यक्ष र ललितकृष्ण जीवित रहेको भए क्लबलाई अहिलेको जस्तो समस्या नआउने दाबी गरे । उनले भने ‘तपाईहरु सोच्नुस अहिले म एन्फा र लतिलकृष्ण जीवित थिए भने यो समस्या पक्कै आउने थिएन । आइहाले पनि हामी समाधान निकालिसक्थ्यौं ।’
एन्फाको गल्तिका कारण गत बर्ष थ्री स्टारले एएफसी कप खेल्न नपाएपछि क्लबले एन्फाले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा भाग लिएको छैन । क्लबले ६ करोड क्षेतिपूर्ति एन्फासँग माग गर्दै आएको छ । सांसद थापाले जति सक्दो चाँडो समस्याको समाधान गर्न एन्फा र थ्री स्टारलाई सुझाए । उनले भने,‘तपाईहरु दुवै पक्ष बसेर एउटा सहासिक निर्णय गर्नुस् ।’
एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले स्वर्गिय ललितकृष्ण कुशल व्यवस्थापक रहेको चर्चा गरे । ‘हामी लामो समयसँगै काम ग¥यौं । उहाँ थ्री स्टार र म अर्को क्लबमा अध्यक्ष थियौं,’ उनले स्मरण गरे,‘उहाँको चुस्त व्यवस्थापबाट म प्रभावित थिए । बेला बेखत उहाँसँग क्लब कसरी चलाउनु भएको भनेर सल्लाह पनि लिन्थे ।’
एन्फाका पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली फुटबल श्रेष्ठको अभाव खड्कीरहने बताए । ‘अहिले लिगलगायत फुटबल गतिविधि बन्द भएका छने,’ उनले भने,‘ हामीले पुनः यसलाई सञ्चालन गर्न सके श्रेष्ठप्रतिको सच्च श्रद्धान्जली हुनेछ ।’
नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिना, थ्री स्टारका कप्तान विक्रम लामालगायतले श्रेष्ठको व्यक्तित्वको चर्चा गरेका थिए । सोही अवसरमा कार्यवहाक अध्यक्ष जोशीले खेलकुद पत्रकार मञ्चको सहकार्यलमा सम्झनामा ललितकृष्ण स्मृति पुस्तक प्रकाशन गर्ने बताए । स्मृति सभामा स्वर्गिय श्रेष्ठकी पत्नी निलु श्रेष्ठ, छोराछोरी, क्लब पदाधिकारी, समर्थक, एन्फा पदाधिकारी, पत्रकारलगायतले श्रेष्ठको तस्बिरमा माल्यार्पण गरेका थिए ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]