9 years ago
June 13, 2017
काठमाडौँ – एएफसी एसियन कप अन्तर्गत यमनविरुद्धको खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै देवेन्द्र तामाङले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन्। दोश्रो हाफमा आदित्य चौधरीलाई स्थानान्तरण गर्दै मैदान प्रवेश गरेका देवेन्द्र विगतका समयमा टोलीको सदस्य रहेपनि मैदानमा उत्रिन भने पाएका थिएनन्।
यमनविरुद्धको खेलमा ७३औं मिनेटमा मैदान प्रवेश गरेका उनले टोलीको गोलरहित बराबरीमा सहयोग गरेका थिए। नेपालले एएफसी सोलिडारिटी कप जित्दा टोलीका सदस्य रहेका देवेन्द्रले विगतमा राष्ट्रिय टोलीमा परेका थिएनन्।
राष्ट्रिय टोलीमा डेब्यु गरेपछि हर्षित हुँदै देवेन्द्रले आफ्नो मेहेनतको फल पाएको बताए। “मलाई आज खेल्न पाउँछु जस्तो लागेको थिएन। तर प्रशिक्षकले मौका दिएपछि मैले डेब्यु गर्ने मौका पाएँ। खेल पनि राम्रै रह्यो। आफ्नो मेहेनतको फल प्राप्त भएकोमा एकदम खुसि लागेको छ।”
उनले यस सुरुवातलाई अझ आउने दिनमा राम्रो गर्दै लग्ने बताए। “आज पहिलो खेल खेल्न पाउँदा एकदम खुसि लागेको छ। तर मेरो करियर भर्खर सुरु भएको छ। अझै मेहेनत गर्दै मौका पाएको बेलामा आफुलाई सिद्ध गर्दै लैजाने अठोट लिएको छु”
सन् २०१५को साफ च्याम्पियनसिपमा प्रारम्भिक छनोट पार गरेर अन्तिम छनोटमा पर्नु केहि दिन अगाडी उनि चोटग्रस्त भएका थिए। बेल्जियन प्रशिक्षक प्याट्रिक अजेम्सले उनलाई प्रशिक्षणका दौरान निकै राम्रो रहेको बताएका थिए। बंगबंधु गोल्डकपमा पनि उनलाई चोटका कारण देखाउँदै टोलीमा समावेश गरिएको थिएन।
२४ वर्षीय देवेन्द्रले मनाङ मर्स्याङ्दीबाट खेल्दै आएका छन्। राष्ट्रिय लिगमा झापा एघारबाट खेलेका उनले प्रतियोगिताको उत्कृष्ट डिफेन्डरको उपाधि पनि जितेका थिए। थ्री स्टार क्लबले गत वर्ष एएफसी कपमा दोश्रो चरण प्रवेश गर्दा उनि टोलीका महत्त्वपूर्ण सदस्य रहेका थिए।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]