9 years ago
June 14, 2017
पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले साउन अन्त्यतिर दोस्रो पोखरा स्पोर्टस अवार्ड गर्ने भएको छ । यस क्षेत्रको समग्र खेलकुदको विकास तथा बिस्तारमा लागेका व्यक्तिहरुलाई सम्मान गर्ने उद्धेश्यले गत वर्षदेखि नै मञ्चले अवार्ड आयोजना गर्दै आएको छ ।

प्रथम पोखरा स्पोर्टस अवार्डमा सम्मानित हुनेहरु । फाइल तस्बिर
मञ्चको मंगलबार बसेको बैठकले आगामी साउन २७ गते अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष केशव पाठकले जानकारी दिए । उनले खेल क्षेत्रमा योगदान दिनेलाई हौसला प्रदान गर्न अवार्ड गर्न लागेको बताए ।
मञ्चका सचिव रञ्जन अधिकारीका अनुसार यस वर्ष पनि खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिएका एक जनालाई लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मान गर्नुका उत्कृष्ट पुरुष तथा महिला खेलाडी, उदयीमान खेलाडी तथा प्रशिक्षकलाई समेत नगद सहित सम्मान गरिनेछ । मञ्चले चाँडै नै सम्मानित व्यक्ति चयनका लागि छनौट समिति, अवार्ड आयोजनार्थ जिम्मेवारी बाँडफाडका लागि विभिन्न समिति गठन गर्ने जनाएको छ ।
राजधानी बाहिर कास्कीमा यति ठूलो अवार्ड हुने भएकाले मञ्च कास्कीले सहयोगका लागि खेलप्रेमी महानुभाव तथा संघसंस्थालाई अपिल समेत गरेको छ । अवार्ड आयोजनाका लागि विदेशमा रहेका खेलप्रेमीहरुले यसअघि नै सहयोग रकम घोषणा गरिसकेका छन् ।
गत वर्ष जेठ १ गते सम्पन्न पहिलो स्पोर्टस् अवार्डमा लाईफ टाईम एचिभमेन्ट अवार्ड वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापालाई अर्पण गरिएको थियो । उत्कृष्ट पुरुष खेलाडी हेमन गुरुङ, महिला खेलाडी मञ्जु गुरुङ, उत्कृष्ट प्रशिक्षकमा कराँतेका सुरेन्द्र गुरुङ, उदयीमान खेलाडी अवार्ड एथ्लेटिक्सकी शशी चौधरीले हात पारेका थिए ।
ढकालको उपचारार्थ सहयोग
यसैबीच, मञ्चको बैठकले पोखरामा रहेर सक्रिय पत्रकारिता गरिरहेका प्रकाश ढकाल अस्वस्थ भएकाले उनको उपचार सहयोगार्थ सात हजार रुपैंया सहयोग गर्ने निर्णय पनि गरेको छ । श्रमजीवि क्रियाशील पत्रकार ढकालको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]