9 years ago
June 16, 2017
एजेन्सी – एसी मिलान एवं इटालियन राष्ट्रिय टोलीका १८ वर्षीय गोलरक्षक जियानलुइजी डोनारुम्माले नयाँ करार नगर्ने भएसँगै क्लब छाड्ने निश्चित भएको छ।

सन् २०१८ सम्मका लागि एसी मिलानमा आवद्ध रहेका डोनारुम्मालाई क्लबले निकै ठुलो प्रस्ताव गरेपनि उनलो सो प्रस्तावलाई अस्विकार गर्दै क्लब छाड्ने निर्णय लिएका हुन्। उनले १६ वर्षको उमेरमा डेब्यु गरेदेखि मिलानबाट ६८ खेल खेलिसकेका छन्। राष्ट्रिय टोलीबाट ४ पटक पोष्ट सम्हालेका डोनारुम्मालाई युरोपका ठुला क्लबहरुले भित्र्याउन चाहेका छन्।
क्लबका निर्देशक मार्को फस्सोनेले डोनारुम्माको यस निर्णयले एसी मिलान आश्चर्यमा परेको जनाएका छन्। “हामीलाई दुख लागेको छ। उनको एजेन्ट मिनो रायोलाले हामीलाई यो अन्तिम निर्णय रहेको बताए। हामीले आफ्नो तर्फबाट सक्दो प्रयास गर्यौं तर खेलाडीले बस्ने चाह देखाएनन्। हामी दुखी छौं तर क्लब यहिं अडेर बस्दैन। विकल्प खेज्ने क्रम सुरु भइसकेको छ।”
डोनारुम्मालाई अनुबन्धन गर्न रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेड, पिएसजी र युभेन्टस अग्रपंक्तीमा रहेका छन्। म्याड्रिडले डोनारुम्मालाई क्लबमा भित्र्याउन नाभासलाई मिलान पठाउने योजना बुन्दै छ भने युनाइटेड डे हेयालाई म्याड्रिड पठाएर उनलाई ल्याउने सोचमा छ।
मिलानले डोनारुम्मालाई ठुलो रकमको प्रस्ताव आए मात्र बेच्ने छ। उनको मिलानसँग करारको यो अन्तिम सिजन हो।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]