8 years ago
June 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद) –विश्वकै सबैभन्दा अग्लो ठाउँमा फुटबल खेलिएको प्रतिस्पर्धात्मक फुटबल खेलको किर्तिमान तोड्न ‘इक्वेल प्लेइङ फिल्ड’ नामक संस्थासँग आवद्ध रहेर नेपाली राष्ट्रिय फुटबल टोलीकी सदस्य दिपा अधिकारी तान्जानिया पुगेकी छिन्।

तान्जानियास्थित किलिमान्जरो पहाड १९ हजार ३ सय ३० फिट अग्लो रहेको छ। सीएनएनले जनाए अनुसार खेलाडीहरु पहाडको टुप्पोसम्म पुग्नेछन् र फर्किएर १८ हजार ७ सय ९९ फिटमा ९० मिनेटको खेल खेल्नेछन्। प्रतिस्पर्धात्मक खेल खेलेर नयाँ विश्वकिर्तिमान कायम गर्न २० राष्ट्रका राष्ट्रिय खेलाडीहरुको उपस्थिति रहनेछ। नेपालको तर्फबाट भने मिडफिल्डर दिपा अधिकारी त्यहाँ पुगेकी छिन्। टिम भोल्कानो र टिम ग्लेसियर नामक २ टोलीले त्यहाँ रहेर खेल खेल्नेछन्।
महिलाहरुले पुरुषहरुको तुलनामा खेलकुदमा कम मात्रामा सहयोग पाउने हुनाले त्यसमा जागरुकता जगाउन त्यस संस्थाले यो कदम चालेको हो। यसबाट संस्थाले करिब ४० हजार अमेरिकी डलर अनुदान उठाउने लक्ष्य राखेको छ। खेलमा सहभागिता जनाउन अमेरिकी पुर्व राष्ट्रिय खेलाडी लोरी लिन्ड्से, इंग्ल्यान्डकि पुर्वखेलाडी रेचल अनिट, मेक्सिकोकि पुर्वकप्तान मोनिका गोन्जालेज लगायतका खेलाडी रहेका छन्।
७ देखि १० दिन लगाएर पहाडको चुचुरो पुग्ने लक्ष्य संस्थाले राखेको छ। खेल २४ वा २५ जुनमा खेलिने जनाइएको छ। खेलको लागि फिफाले पनि सहयोग गरेको छ।
उक्त खेलमा सहभागी हुने खेलाडी र रेफ्रीहरुको नाम यसप्रकार छ:

December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]