8 years ago
June 20, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – असार महिनाको अन्तिम साताबाट सुरु हुने एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरणका खेलका लागि अझै प्रशिक्षकको टुङ्गो लागेको छैन।

एन्फाले मेघराज केसीले टोलीको प्रशिक्षण सम्हाल्ने बताएपनि समयअभावका कारण देखाउँदै प्रशिक्षक केसीले टोलीको प्रशिक्षणको जिम्मेवारी नलिने भएका छन्। हिजोमात्र जापानबाट जेएफए इन्स्ट्रकटर कोर्ष गरेर नेपाल आइपुगेका केसीले आज एन्फामा बसेको मिटिङमा आफुले टोलीलाई समय दिन नसक्ने बताएका थिए। उनको अनुपस्थितिमा राजु काजी शाक्यले टोलीको प्रशिक्षणमा सहयोग गर्दै आएका थिए।
एन्फाका सीइओ इन्द्रमान तुलाधरले प्रशिक्षक केसी उपलब्ध नहुने भएपछि अब प्रशिक्षणको जिम्मेवारी राजु काजी शाक्यलाई नै प्रशिक्षणको जिम्मा लिन आग्रह गर्ने बताए। यदि प्रशिक्षक शाक्यले पछि हटेको खण्डमा भने राष्ट्रिय टोलीका प्रशिक्षक ग्योतोकु कोजीलाई यू-२३को टोली हेर्ने जिम्मा दिइने तुलाधरले जानकारी दिए।
यू-२३ टोलीका लागि ३५ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाइएको छ। सहायक प्रशिक्षकका रुपमा प्रकाश अर्यालले जिम्मेवारी सम्हाल्नेछन् भने टोलीका व्यवस्थापक एन्फाका सहायक महासचिव संजिव मिश्र रहनेछन्।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]