8 years ago
June 24, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङको क्लब ट्रस्ट एन्ड केयर (टिसी) फुटबल क्लबले माल्दिभ्सको धिवेही प्रिमियर लिग अन्तर्गत शुक्रबार रातीको खेलमा न्यु रेडीयन्टसँग ४-३को हार व्येहोरेको छ।
आलु फसिरले २०औं मिनेटमा गोल गर्दै रेडीयन्टलाई अग्रता दिलाएका थिए भने हमजा मोहमदले ३४औं मिनेटमा अग्रता दोब्बर पारेका थिए। तर नाइज हुसेनले गोल गर्दै खेलमा फर्काएपनि अलि फसिरले ५५ औं मिनेटमा गोल गर्दै पुन: २ गोलको अग्रता कायम गरे।
टिसी स्पोर्ट्सले त्यसपछि पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्कने प्रयास गर्यो। कोनेलिअस स्टेवार्टले २ पेनाल्टीबाट गोल गर्दै खेललाई ३-३को बराबरी सम्म ल्याए। तर, खेलको अन्तिम समयमा एड्रीएन गल्लार्डोले गोल गर्दै रेडियन्टको जित पक्का गरेका थिए।
यस जितसँगै १० खेलमा १४ अंक बोकेको टिसी स्पोर्ट्स अंक तालिकाको पाँचौ स्थानमा कायम छ। किरणको टोलीले ४ जित,२ बराबरी र ३ हार व्येहोरेको छ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]