8 years ago
June 27, 2017
एजेन्सी – स्पेनिस टोलि बार्सिलोनाले टोटेनहमका पुर्वखेलाडी पौलिन्होलाई चिनिया क्लब ग्वान्झाउ एभरग्रान्डबाट भित्र्याउने प्रयास गरेको छ। गत सिजन कोपा डेल रे मात्र जितेर चित्त बुझाएको बार्सिलोनाले यस सिजन नयाँ खेलाडी भित्र्याएर बलियो सुरुवात गर्ने लक्ष्य लिएको छ।

३५ मिलियन पाउण्ड रिलिज कलज रहेका ब्राजिलियन मिडफिल्डरलाई बार्सिलोनाले केहि कम रकममा सम्झौता गर्ने प्रयास गर्दैछ। सन् २०१५मा टोटेनहमले पौलिन्होलाई १० मिलियन पाउण्डमा बेचेको थियो। उनले २ सिजनमा ४५ खेल खेलेका थिए।
पौलिन्होले चिनमा बितेका २ सिजनमा लिग उपाधि जितेका छन् भने यस सिजन पनि उनको टोली अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। दोश्रो स्थानमा रहेको टोलीभन्दा ४ अंकले अगाडी रहेको ग्वान्झाउले यस सिजन पनि लिग उपाधि जित्ने अनुमान गरिएको छ।
यता बार्सिलोना भने जाभीले क्लब छाडेपछि मिडफिल्डरको खोजीमा रहेको छ। गत सिजन भ्यालेन्सियाबाट आएका आन्द्रे गोमेसले सोचेअनुरुप प्रदर्शन गर्न सकेका थिएनन्। त्यसैले बार्सिलोनाले यस सिजनका लागि पौलिन्होलाई भित्र्याउने प्रयास गरेको हो।
पौलिन्हो ब्राजिलियन राष्ट्रिय टोलीकापनि नियमित सदस्य हुन्।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]