8 years ago
June 30, 2017
काठमाडौँ (हाम्रो खेलकुदं) – युरोपमा ट्रान्सफर विन्डो चलिरहँदा हल्ला र चर्चाहरु चलिरहन्छन् । क्लबहरु नयाँ खेलाडीलाई भित्राउने प्रयासमा व्यस्त हुन्छन् । खेलाडी पनि नयाँ चुनौती र अवसरको खोजिमा हुन्छन् । केहि क्लबहरुले नयाँ सिजनका लागि खेलाडी लिइसकेका छन् भने केहिको नयाँ खेलाडीसँग जोडिने क्रममा छन् ।
एजेन्सीको सहयोगमा हामीले यस सिजनको ट्रान्सफर विन्डोमा धेरै जसो क्लबको चासोमा रहेका स्ट्राइकरहरुको सुची तयार पारेका छौँ ।
क्रिस्टियानो रोनाल्डो

कर छलीको अभियोगसँगै रोनाल्डो र रियल म्याड्रिडबीचको सम्बन्धमा केहि चिसोपन देखिएको छ । रोनाल्डोले क्लब छाड्ने विकल्पका बारेमा सोच बनाइरहँदा रियलका अध्यक्षले पोर्चुगिज स्टार क्लबमै रहने विश्वास व्यक्त गरेका छन् ।
रोनाल्डो म्यानचेस्टर युनाइटेड र पिएसजीसँग जोडिदै आएका छन् । हालै मात्र जुम्ल्याहा छोराको पिता बनेका रोनाल्डोले भविष्यका बारेमा निर्णय गर्न भने बाँकी छ ।
रोबर्ट लेवानडोस्की

वायर्न म्युनिखका स्ट्राइकर लेवानडोस्की लामो समयदेखि प्रिमियर लिगको क्लबसँग जोडिदै आएका छन् । चेल्सी र म्यानचेस्टर युनाइटेडले लामो समय देखि भित्राउन प्रयास गरेको पोलिस स्ट्राइकरमाथि रियल म्याड्रिडको पनि नजर छ । यद्दपी, गत सिजन ३० गोल गरेका लेवानडोस्कीलाई बायर्नले सजिलै बेच्ने छैन ।
किलियन बाप्पे

यो सिजन १५ गोल र ८ असिस्ट गरेका बाप्पे युरोपको उत्कृष्ट युवा खेलाडी हुन् । रियल म्याड्रिड , आर्सनल, चेल्सी , लिभरपुल लगायतका थुप्रै ठूला क्लबहरु उनको पछि लागेका छन् । मोनाकोसँग बप्पेलाई खरिद गर्न भारी रकम तिरे मात्र सम्भव छ ।
रोमेलु लुकाकु

चेल्सीले सन् २०१४ मा लुकाकुलाई एभर्टनमा बेचेको थियो । उनलाई पुन: क्लबमा लिन ठूलो रकम खर्चिने अनुमान लगाइएको थिएन। तर चेल्सी छाडेपछि लगातार उच्च प्रदर्शन गरेका लुकाकुलाई क्लबमा भित्राउन प्रशिक्षक एन्टोनियो कोन्टे प्रयासरत छन् ।
यो सिजन प्रिमियर लिगमा २५ गोल गरेका लुकाकुलाई किन्न चेल्सीले ८० मिलियन पाउण्डसम्म खर्चिन तयार रहेको अनुमान गरिएको छ ।
अल्भारो मोराटा

रियलमा सिमित मौका पाउँदा पनि मोराटोले हरेक क्षणको सदुपयोग गरेका छन् । गत सिजन १५ गोल गरेका मोराटाले हरेक ८८.७ मिनेटको औसतमा गोल गरेका थिए । तर रियल यो सिजन मोराटालाई बेच्ने प्रयासमा छ । विभिन्न क्लबले उनीमाथी चासो देखाएपनि म्यानचेस्टर युनाईटेड उनलाई भित्राउन समर्पित छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]